कांग्रेस अधिवेशन : कागेश्वरीमा दाहाल, तारकेश्वरमा महर्जन निर्वाचित


काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवशेन अन्तरगत केही हिमाली जिल्ला र स्थानीय तहहरूमा नेतृत्व चयन भइरहेको छ ।पछिल्लो नतिजा अनुसार काठमाडौंको कागेश्वरी-मनहरा नगर समिति सभापतिमा उद्धव दाहाल विजयी भएका छन् ।शनिबार भएको नगर अधिवेशनबाट दाहाल सभापतिमा निर्वाचित भएका हुन् ।

संस्थापन समूह निकट दाहालले १५१ मत पाए भने अर्का प्रत्यासी मिठ्ठाराम दाहालले १३८ मत पाए । सभापतिमा पराजित दाहाल कांग्रेस नेता प्रकाशमान सिंह निकट हुन् ।यस्तै तारकेश्वर नगर समिति सभापतिमा कृष्णहरी महर्जन विजयी भएका छन् । उनी कांग्रेस नेता भीमसेन दास प्रधान निकट हुन् । शनिबार भएको नगर अधिवेशनमा सभापतिमा तीन जनाको उम्मेदवारी परेको थियो ।

महर्जनले १३५ मतसहित सभापति पदमा विजयी भए भने उनका प्रतिस्पर्धी श्रीराम थापाले ११४ मत पाए । थापा कांग्रेस पूर्वमहामन्त्री प्रकाशमान सिंह निकट हुन् । सभापतिका अर्का प्रत्यासी मुकुन्द तिमिल्सिनाले जम्मा २ मत पाए । उपसभापतिमा जमुना तिमिल्सिना र नवराज अर्याल विजयी भएका छन् । तिमिल्सिनाले १२३ मत र अर्यालले १२५ मत पाए ।त्यस्तै सचिवमा राजु फुँयाल र शंकर तिमिल्सिना विजयी भएका छन् ।

अप्सरा खड्का र सरस्वती पौडेल विजयी भएको निर्वाचन समितिले जनाएको छ ।काठमाडौं जिल्लाका एक महानगरपालिका र ९ नगरपालिकामा शनिबार अधिवेशन भएको हो । अधिकांश पालिकामा निर्वाचनबाटै नेतृत्व चयन भएका छन् ।

दक्षिणकाली नगरपालिकाको एउटा वडामा अधिवेशन नभएका कारण शनिबार पालिका अधिवेशन हुन नसकेको हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..