काठमाडौं । नेपालीका कांग्रेस काठमाडौंको शंखरापुर नगर समिति सभापतिमा दिलीपकुमार श्रेष्ठ विजयी भएका छन् ।श्रेष्ठले ८६ मत ल्याएर विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी सत्यमान लामाले ६८ मत ल्याए ।
त्यस्तै, उपसभापतिमा श्रेष्ठकै प्यानलका मिलन खड्का ८६ र अमित प्रधान ८२ मत ल्याएर विजयी भएका छन् । सचिवमा रनबहादुर तामाङ र स्वयम्भुलाल श्रेष्ठ विजयी भए ।
सहसचिवमा वसन्त थिङ र श्रीराम लामिछाने निर्वाचित भएका छन् ।नगर सभापतिमा निर्वाचित श्रेष्ठ नेता प्रकाशमान सिंह निकट हुन् ।


