सभापति बानियाँकै नगर टोखामा लज्जास्पद हार

काठमाडौं । नेपाली कांग्रेस काठमाडौंको नगर अधिवेशनअन्तर्गत टोखा नगरपालिकाको नगर सभापतिमा सभापति शेरबहादुर देउवा र नेता भीमसेनदास प्रधान समूहका सभापतिका उम्मेदवार ओमकृष्ण विमली निर्वाचित भएका छन् ।


शनिबार राति प्राप्त नतिजाअनुसार विमली शानदार मतका साथ सभापतिमा निर्वाचित भएका हुन् । नेता प्रकाशमान सिंहले सभापतिमा दीपकराज जोशीलाई उम्मेदवार बनाएका थिए ।टोखा नगरपालिकामा पनि कांग्रेस नेता सिंहका सभापति जोशीको लज्जास्पद हार भएको छ । टोखामा समेत नेता सिंहको सभापतिको उम्मेदवार पराजित भएपछि काठमाडौं कांग्रेसभित्र सिंहको पकड गुमेको भनेर चर्चा हुन थालेको छ ।


नेपाली कांग्रेस काठमाडौंका जिल्ला सभापति कृष्णसबुज बानियाँको नगरपालिकामा समेत नेता सिंहको समूहले पराजय भोग्नु परेको छ ।
जिल्ला सभापति बानियाँ नेता सिंह निकटका हुन् । बानियाँले काठमाडौं कांग्रेसमा सभापतिमा दोहोरिन चाहेका छन् । नेता सिंहले केन्द्रीय सभापतिमा उम्मेदवारी घोषणा गरिसकेका छन् ।

जिल्ला सभापति बानियाँको घर रहेको टोखा नगरपालिका– ८ को वडा अधिवेशनमा समेत नेता भीमसेनदास प्रधान र सभापति देउवा समूहका वडा सभापतिका उम्मेदवार उत्तम थापा निर्वाचित भएका थिए । बानियाँ र सिंहका वडा सभापतिका उम्मेदवार नराम्रोसँग पराजित भएका थिए ।


टोखा नगरमा समेत नेता सिंह र सभापति बानियाँका उम्मेदवार पराजित भएपछि त्यसको प्रभाव आइतबार हुने काठमाडौं महानगरको निर्वाचनमा समेत पर्ने देखिएको छ । काठमाडौं महानगरको निर्वाचनमा देउवा–प्रधानको समूहलाई फाइदा पुग्ने चर्चा छ । नेता सिंहबाट आजित बनेका कार्यकर्ताले बदला लिने तयारी गरेका छन् ।


नेता सिंहको समूहबाट एक जनाले सचिवमा मात्रै जितेका छन् । टोखा नगरमा सिंह र बानियाँको समूहको पत्तासाफ भएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..