मेयर मुनि साह गुण्डागर्दी शैलीमा प्रदर्शन गरेको चार दलिय राजनैतिक गठबन्धनको आरोप

सिरहा । सिरहाको लहान नगरपालिका वडा नम्बर – ५ स्थितमा वर्षौदेखि व्यवसायी गर्दै आएका व्यक्तिहरुको पसल भत्काउने कार्यमा मेयर मुनि साहले गुण्डागर्दी शैली प्रर्दशन गरेको स्थानीय चार दलिय राजनैतिक गठबन्धनको आरोप छ ।

शुक्रबार गठबन्धनमा आवद्ध नेपाली कांग्रेसका तर्फबाट नगरसभापति सुनिल कुमार महतो, जनता समाजवादी पार्टीका नगर अध्यक्ष दिनेश महतो, नेकपा माओवादी केन्द्रका नगर प्रतिनिधि विजयकुमार गुप्ता र नेकपा एकिकृत समाजवादीका नगर संयोजक विनोद साहले संयुक्त रुपमा प्रेस विज्ञप्ती जारी गरेका छन् ।

सहमति विपरित मेयर साहले बाहिरबाट लठैत बोलाएर व्यवसायीमाथि कुटपिट गराएको आरोप छ । पूर्व जानकारी नदिई जर्बजस्ती डोजर लगाएर पसल भत्काउने क्रममा लुटपाट पनि भएको विज्ञप्तीमा जनाएको छ । मेयरको यस्तो गुण्डागर्दीप्रति आफुहरुको घोर आपति रहेको गठबन्धनले जनाएको छ ।

घटनामा संग्लन उपर कडा कारवाहीको उनीहरुले माग गरेको छ । यसअघि लहान नगरपालिका ४ स्थित फोहोर फाल्ने विषयमा भएको विवादमा स्थानीयलाई यस्तै गुण्डागर्दी शैलीमा मेयर साहले कुटपिट गराएको विज्ञप्तीमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..