राजस्वको महानिर्देशक पौडेल

काठमाडौं।प्रधानमन्त्री शेरबहादुर देउवा निकट रहेका प्रकाश पौडेललाई सरकारले राजस्व अनुसन्धान विभागको महानिर्देशकमा ल्याएको छ। विभागमा रहेका महानिर्देशक रामप्रसाद आचार्य गण्डकी प्रदेशमा सरुवा भएका छन्।

पौडेल यसअघि वाणिज्य तथा उपभोक्ताहित संरक्षण विभागका महानिर्देशक थिए।पौडेल बाणिज्य विभाग आउनु अघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा थिए।प्रधानमन्त्री देउवा निकट रहेका पौडेलले शक्तिशाली विभाग पाएका छन्।

देउवा यसअघि प्रधानमन्त्री हुँदा प्रशासनिक निकायबाट सचिवालयमा थिए।राजस्व चुहावट नियन्त्रणका लागि विभाग महत्वपूर्ण मानिन्छ। केपीशर्मा ओलीको पालामा प्रधानमन्त्री कार्यालय मातहत ल्याइएको यो विभाग शक्तिशाली मानिन्छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..