लेखीले दिए लोसपाबाट राजीनामा

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का केन्द्रीय कार्यकारिणी समितिका सदस्य राजकुमार लेखीले राजीनामा दिएका छन् । उनले नयाँ राजनीतिक यात्रा थालनी गर्ने भन्दै पार्टीका अध्यक्ष महन्थ ठाकुरसमक्ष राजीनामा दिएका हुन् ।

जसपा नेपालबाट हालै विभाजित भएर गठन भएको लोसपामा सामेल भएका पुराना भनिने पार्टीभन्दा पृथक भएर अघि बढ्ने आफ्नो योजना पूरा नहुने देखेर राजीनामा दिएकाे उनकाे भनाइ छ ।
लेखीको राजीनामा पछि उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)मा जाने चर्चा चले पनि लेखीले भने जसपामा जानुको अर्थ नरहेको बताए ।

जसपा र लोसपा दुवै पार्टीले केही गर्न सक्दैनन् भन्ने निष्कर्षमा पुगेका लेखी एमाले, काँग्रेस वा माओवादी मध्ये कुनै एक दलमा प्रवेश गर्ने बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..