गायक किरणलाई नेपाल प्रवेशमा रोक

काठमाडौं । गायक किरण गजमेरलाई नेपाल प्रवेशमा रोक लगाइएको छ । सिङ्गिङ रियलिटी शो ‘द भ्वाइस अफ नेपाल’का विजेतासमेत रहेका गायक गजमेर अमेरिकी नागरिक हुन् । गायक गजमेरले नेपाल बस्न पाउने अवधि गुजारिसकेकाले गृह मन्त्रालयले उनलाई नेपाल प्रवेशमा रोक लगाएको हो । एक प्रवेशाज्ञा (भीसा) वर्षमा अमेरिकी नागरिकहरुले १ सय ८० दिन मात्र नेपाल बस्न पाउने प्रावधान रहेको छ ।

अध्यागमनले नेपाल प्रवेशमा रोक लगाएसँगै गायक गजमेर सन् २०२१ भर नेपाल आउन पाउने छैन । अध्यागमनका अनुसार उनले सन् २०२१ मा नेपाल बस्न पाउने अवधि गुजारिसकेका छन् । अब उनी सन् २०२२ मा मात्र नेपाल प्रवेश गर्न पाउनेछन् ।

गत सोमबार कतार एयरको क्यूआर ६५० नम्बरको उडानबाट नेपाल आएका गायक गजमेरलाई सोही दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयले त्यहीबाट अमेरिका फिर्ता पठाएको थियो ।

‘द भ्वाइस अफ नेपाल’ को तेस्रो संस्करणमा उनलाई दर्शकहरुले सर्वाधिक रुचाएका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..