दल विभाजनसम्बन्धी अध्यादेश फिर्ताबारे सल्लाह गरिरहेका छौँ : प्रधानमन्त्री देउवा

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले दल विभाजनसम्बन्धी अध्यादेश फिर्ताबारे सल्लाह भइरहेको बताउनुभएको छ ।
सोमबार प्रतिनिधिसभाको बैठक सकिएर बाहिरिने क्रममा प्रधानमन्त्री देउवाले अध्यादेशको विषयमा अन्यदलसँग छलपलm भइरहेको प्रतिक्रिया दिनुभएको हो ।

सोमबार पत्रकारहरुसँग बोल्दै प्रधानमन्त्री देउवाले अध्यादेश फिर्ताबारे माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एस)का अध्यक्ष माधवकुमार नेपाल र जसपाका नेता तथा कांग्रेसका नेताहरुसँग छलफल भइहरेको बताउनुभएको हो ।

संसद् भवनमा माओवादी केन्द्रका अध्यक्ष दाहाल, नेकपा (एस)नेपाल र कांग्रेसकी सचेतक पुष्पा भुसालबीच अध्यादेश फिर्ताको विषयमा छलफल गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..