विरोध खतिवडाको नेतृत्वमा सरकारमा जाने


काठमाडौं । माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले विरोध खतिवडाको नेतृत्वमा सरकारमा जाने तयारी गरेको छ। प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा एकीकृत समाजवादीले खतिवडाको नेतृत्वमा सरकारमा सहभागी हुने तयारी गरेको एक नेताले बताए।


एकीकृत समाजवादी पार्टी अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीका तर्फबाट मन्त्री हुनेको लिष्ट बुझाइसकेको ती नेताको दाबी छ। यसैगरी, मन्त्री हुनेमा मेटमणि चौधरी, रामकुमारी झाँक्री, प्रेम आले, जीवनराम श्रेष्ठ छन्।


यस्तै, भवानी खपुङ र किसान श्रेष्ठमध्ये एक जना मन्त्री हुने ती नेताले बताए। कांग्रेसले प्रधानमन्त्रीसहित सात मन्त्रालय राखेको छ भने एकीकृत समाजवादीलाई ६ मन्त्रालय भागवण्डा परेको छ। तर, कुन मन्त्रालयमा को जाने भन्ने चाहिँ टुंगो नलागेको ती नेताले बताए।

आजको मन्त्रिपरिषद् बैठकले दल विभाजन सम्बन्धी अध्यादेश खारेज गर्ने तयारी छ। खारेज भएको सिफारिस राष्ट्रपतिले जारी गरे लगत्तै मन्त्रिपरिषद् विस्तार हुने भएको छ। मंगलबारसम्म मन्त्रिपरिषद् विस्तार हुने नेताहरुले बताएका छन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..