पूर्वमन्त्री वडामै पराजित

काठमाडौं । नेपाली कांग्रेसको आसन्न महाधिवेशनमा पुरानो भन्दा नयाँ अनुहारहरू देखिने क्रम जारी छ । धेरै स्थानमा युवाहरू नेतृत्वमा आएका छन् भने कतिपय स्थानमा पार्टी सभापति शेरबहादुर देउवालाई धक्का लागेको छ । यस्तै विराटनगरको वडा अधिवेशनमा रोचक दृश्य देखिएको छ ।

विराटनगरको वडा अधिवेशनमा चिनिएका नेताहरू वडामै पराजित भएका छन् । पराजित हुनेमा मपुर्वमन्त्री समेत छन् । पूर्वमन्त्री शिव बस्नेत क्षेत्रीय प्रतिनिधिमा पराजित भएका छन् । उनी विराटनगर–४ बाट लडेका थिए । महासमिति सदस्य सुदनबहादुर कार्की वडा नं. २ बाट क्षेत्रीय प्रतिनिधिमा पराजित भए । विराटनगर–१ बाट क्षेत्रीय प्रतिनिधि लडेका नेपाल शिक्षक संघ मोरङका सभापति शिवराज कोइराला पनि पराजित भएका छन् ।

बाराको कलैया उपमहानगरपालिकाका प्रमुख प्रशासकीयबाट राजिनामा दिएर नेपाली कांग्रेसको राजनीतिमा होमिन लागेका लागेका गोपाल रेग्मी विराटनगर–५ बाट क्षेत्रीय प्रतिनिधि निर्वाचित भएका छन् । त्यस्तै लायन्स क्लवका पूर्व डिष्ट्रिक गभर्नरद्वय लीलाकुमार ढुंगेल र राजन खत्री पनि क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भएका हुन् ।

विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली विराटनगर ३ बाट सवैभन्दा धेरै मत ल्याएर क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भएका छन् । त्यसैगरी उपमेयर इन्दिर कार्की विराटनगर २ बाट निर्वाचित भइन् ।

केन्द्रीय निर्वाचन समितिबाट खटिएका मोरङका निर्वाचन अधिकृत केदार कार्कीले महानगर/नगर सभापति पदका लागि प्रस्तावक र समर्थक अनिवार्य रूपमा क्षेत्रीय प्रतिनिधि रहनुपर्ने जानकारी दिए । सभापति बाहेकका अन्य पदमा भने क्रियाशील सदस्य समेत प्रस्तावक र समर्थक बस्न पाउने उनले बताए ।

विराटनगर महानगर सभापतिका मुख्य चार आकांक्षीहरू क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भइसकेका छन् । महानगर सभापतिका दाबेदार दीपक चापागाँईं र अरुण न्यौपाने विराटनगर २ बाट क्षेत्रीय प्रतिनिधि चयन भएका छन् । त्यसैगरी नगर सभापतिका अर्का दाबेदार सन्तोष न्यौपाने वडा नम्बर ५ र कृष्ण कार्की वडा नम्बर ३ बाट क्षेत्रीय प्रतिनिधि चयन भएका हुन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..