काँग्रेसको महाराजगंज नगर सभापतिमा गंगेश तिवारीले उमेदवारी दिने


कपिलवस्तु । नेपाली काँग्रेसको कपिलवस्तु जिल्लाको महाराजगंज नगर सभापतिमा गंगेश नाथ तिवारीले उमेदवारी दिने भएका छन् । तिवारीले काँग्रेसको आगामी हुने महाराजगंज नगर अधिवेशनमा आफूले सभापति पदका लागि उमेदवारी दिने बताए । त्यसको लागि क्षेत्रका अग्रज नेताहरु संग राय सुझाव र परामर्श गर्दै आवश्यक तयारी गरिरहेको पनि उनले जानकारी दिए ।

हाल नेपाली काँग्रेस कपिलवस्तु जिल्लाको महाराजगंज नगर समितिको सचिवमा दुई बर्ष देखि सक्रिय सहभागिताका साथ रहनु भएका उहां अब नगर सभापतिमा आउनेगरी तयारी गरिरहेको बताए l

विगत डेढ़ दशक देखि सामाजिक अभियन्ताका रूपमा रहनु भएका तिवारी उहां कर्मठ, जुझारू, इमानदार, संघर्ष शील युवा नेता को रूपमा परिचत रहनु भएका पार्टी को हकहितमा समेत सक्रिय भुमिका निर्वाह गर्दै आएका छन् l

‘तपाईंको उमेदवारी किन’ भन्ने प्रश्नमा तिवारीले व्यक्तित्व विकासका साथ युवाहरुलाई व्यवसाय उन्मुख गराउन र पार्टी सङ्गठनलाई बलियो बनाई , मधेसी, मुस्लिम, दलित, जनजाति, पिछडावर्ग को हकहितमा काम गरि नगरमा काँग्रेसको बलियो उपस्थिति स्थापित गर्न आफूले सभापतिमा उमेदवारी दिन लागेको बताए । साथै उहां ले क्षेत्रीय प्रतिनिधि हरूलाई समर्थन र सहयोग गर्न अनुरोध गरेका छन् l

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..