काठमाडौं । नेपाली कांग्रेसले गाउँ तथा नगर अधिवेशनको मिति हेरफेर गर्ने तयारी गरेको छ ।विहीबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा पार्टीको निर्वाचन समितिसहित बसेको कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकमा अधिवेशनको कार्यतालिका हेरफेरका बिषयमा छलफल भएको हो ।
बैठक शुक्रबार बिहान १० बजे पुनः बस्ने र अधिवेशनका साथै क्रियाशील सदस्यताको विवादका बिषयमा पनि छलफल हुने बताइएको छ ।
शुक्रबार बस्ने बैठकले कांग्रेसले १३ जिल्लामा वडा अधिवेशन र त्यसपछिका अधिवेशनका विषयमा निर्णय लिने बताइएको छ । कांग्रेसको केन्द्रीय महाधिवेशन आगामी ९ देखि १३ मंसिरसम्म गर्ने तय भएको छ ।


