मुख्यमन्त्री राउतलाई गण्डकी सरकारको न्यानो स्वागत जनकपुर पोखरा उडानको लागि सहकार्य गरिने

पोखरा । प्रदेश न 2 का मुख्यमन्त्री लालबाबु राउतलाई गण्डकी सरकारले पोखरामा न्यानो स्वागत गरेको छ ।गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली को निमन्त्रणामा आज पोखरा पुग्नु भएको मुख्यमन्त्री राउतलाई गण्डकी सरकारका पर्यटन मन्त्री मणिभद्र शर्माले विमान स्थलमा स्वागत गरेका थिए ।
मुख्यमन्त्री राउतको स्वागतमा पोखरा विमान स्थलमा पञ्चकन्या सहित पर्यटन ब्यबसायी हरुको व्यापक उपस्थित रहेको थियो ।


विमान स्थल बाट प्रदेश सरकारको मुख्यालय पुग्नु भएको मुख्यमन्त्री राउत लाई गण्डकी प्रदेशका मुख्यमन्त्री नेपालिले स्वागत गर्नु भएको थियो ।
सो अवसरमा दुबै प्रदेश बिचको आपसी सम्बन्ध , प्रदेश २ले अघि सारेको लोकप्रिय कार्यक्रम हरु बारे छलफल भएको मुख्यमन्त्री राउत का प्रमुख स्वकिय सचीव जितेन्द्र कुमार यादव ले बताउनु भएको छ ।


गण्डकी प्रदेश र प्रदेश २ बिच पर्यकिय सम्बन्ध बिस्तार का लागि जनकपुर पोखरा उडान शुरु गराउन दुबै मुख्यमन्त्री ले सहकार्य गर्ने सहमति समेत गर्नु भएको यादव ले बताउनु भयो ।


मुख्यमन्त्री राउतले समकक्षी नेपालीलाई जनकपुर भ्रमणको निम्तो समेत दिनु भएको छ ।मुख्यमन्त्री राउत आजै पोखराको विभिन्न पर्यट्किय स्थलको भ्रमण समेत गर्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..