अवैध रुपमा ओसारपसार भएको सालको काठ बरामद


गोरखा । गोरखामा अवैध रुपमा ओसारपसार भएको सालको काठ प्रहरीले बरामद गरेको छ । गोरखा नगरपालिका–३ गंगटेघाटबाट मंगलबार बेलुकी ४७ थान सालको काठको गोलिया बरामद गरिएको प्रहरीले जनाएको छ ।


काठसँगै प्रहरीले काठ ओसारपसारमा प्रयोग भएको ग १ त ६८९५ नम्बरको ट्याक्टर, काठ काट्न प्रयोग भएको आरा दुई थान र बञ्चरो दुई थान समेत बरामद गरेको छ । पेट्रोलिङ गस्तीमा गएको प्रहरी टोलीले देखेपछि काठ ओसारपसारमा संलग्न रहेकाहरु भने भागेका थिए ।

बरामद गरिएको काठ, ट्याक्टर र औजार डिभिजन वन कार्यालयलाई बुझाइएको जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी प्रकाश दाहालले बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..