राष्ट्रिय सभामा सभामुखको राजीनामा मागियो, बिहीबारसम्मका लागि बैठक स्थगित

काठमाडौं । पार्टीले कारवाही गरेका माधवकुमार नेपालसहित १४ सांसदलाई सभामुख अग्निप्रसाद सापकोटाले सूचना टाँस नगरी कारवाही नगरेपछि प्रमुख प्रतिपक्ष एमालेले सभामुखको राजीनामा माग गरेको छ ।

मंगलबार राष्ट्रिय सभाको बैठकमा एमालेका सांसद भैरवसुन्दर श्रेष्ठले सभामुख सापकोटाले राजीनामा दिएर बैठकलाई अघि बढाउनुपर्ने माग राखेका हुन् ।

उनले भने, ‘कुर्सीको गरिमा जोगाउनुपर्छ । तत्काल उहाँले एउटा निकास दिनुपर्छ भनेका छौं, त्यो भनेको राजीनामा हो ।’

गैर सांसदलाई सदनमा सभामुखले बस्न अनुमति दिएकोमा सांसद श्रेष्ठले विरोध जनाएका छन् । कारवाही गरेको सूचना टाँस नगर्नु संविधान रक्षाविपरीत रहेको पनि उनको भनाइ छ ।

यसअघि जनता समाजवादी पार्टी (जसपा) नेपालका सांसद सरिता गिरी, माओवादी सांसदहरू लेखराज भट्ट, प्रभु साह, गैरिशंकर चौधरी र टोपबहादुर रायमाझीलाई कारवाही गर्न सिफारिएस गरिएको पत्र पाएलगत्तै कारवाही गर्ने सभामुखले एमालेका सांसद कारवाही परेको सूचना नटाँसेकोमा विभेद गरिएको श्रेष्ठले बताए ।

साथै, सभामुख सापकोटाले राजीनामा नदिए वा सूचना नटाँसे सदन चल्न नदिने उनले बताए । एमाले सांसदको विारेधसँगै अर्को बैठक बिहीबार २ बजे बस्नेगरी स्थगित भएको छ ।

यसअघि एमालेको विरोधका बीच विनियोजन विधेयक राष्ट्रिय सभामा पेस भएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..