स्रोत नखुलेको साढे ३८ लाख रकमसहित दुई पक्राउ

वीरगंज पर्सा प्रहरीले स्रोत नखुलेको ३८ लाख ५१ हजार १०० रुपैयाँसहित दुई जनालाई बुधवार पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा वीरगंज महानगरपालिका वडा नम्बर ६ माईस्थान चोकस्थित केपी ज्वेलरीका सञ्चालक ४५ वर्षीय कन्हैया प्रसाद सोनार र सोही ज्वेलर्समा काम गर्ने बाराको परवानीपुर गाउँपालिका वडा नम्बर ३ बस्ने २० वर्षीय दीपक कुमार सर्राफ रहेका छन्।


सुन पसलभित्र अवैध वित्तीय कारोबार (हुण्डी) भइरहेको भन्ने प्राप्त सूचना अनुसार खटिएको प्रहरी टोलीले पसलमा रितपुर्वक खानतलासी गरेको थियो। खानतलासीका क्रममा प्रहरीले स्रोत नखुलेको रकम फेला पारेपछि उनीहरुलाई पक्राउ गरेको हो।

पक्राउ परेका उनीहरुविरुद्ध बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ विरुद्धको कसूरमा अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..