जयसपुरबाट सालकको खपटासहित एक जना पक्राउ

नेपालगन्ज । सशस्त्र प्रहरीले नेपालगन्ज सीमानाकाबाट दुर्लभ बन्यजन्तु सालकको खपटासहित एक जनालाई पक्राउ गरेको छ। सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेबाट सशस्त्र प्रहरी सहायक निरीक्षक गोबिन्द बिहारी शुक्लाको कमान्डमा गएको टोलीले आज बिहान ७ बजे नेपालगन्ज १६ जयसपुर हुँदै भारततर्फ लैजादै गरिएको १४०० ग्राम बराबरको सालकको खपेटासहित विभिन्न सामाग्री बरामद गरेको हो।

सशस्त्र प्रहरीको टोलीले जयसपुर नाकाबाट लुकाईछिपाई शंकास्पद तरिकाले भारततर्फ सालकसहित अन्य सामाग्री लैजादै गरेका बारबर्दिया नगरपालिका-१ बनगाइका २४ बर्षीय नकुल थापा मगरलाई पक्राउ गरेको सशस्त्र प्रहरी उपरीक्षक अशोक बमले जानकारी दिएका छन्।
सालकको खपटा र पक्राउ परेका थापा मगरलाई आवश्यक कारबाहीका लागि आजै डिभिजन बन कार्यालय पठाइएको सशस्त्र प्रहरी उपरीक्षक बमले बताए।


त्यस्तै, थापा मगरको साथबाट गस्ती टोलीले रेड मी ९ मोडेलको एक थान मोबाइल सेट, मोबाइल सेटमा प्रयोग गरिएका २ थान सिम, प्रयोग नभएको एक थान सिम, रातो सानो ब्ल्याकेट, एक थान झोला समेत बरामद गरेको छ।


सशस्त्र प्रहरी उपरीक्षक बमले सीमानाकामा हुने तस्करी रोक्न कडा निर्देशन दिएका छन्। अहिले सशस्त्र प्रहरीले सीमा नाकामा कडाइ गर्दै धमाधम तस्करीका सामाग्री बरामद गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..