उपकप्तान दीपेन्द्रले लिग-२ सिरिज गुमाउने


काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका उपकप्तान दीपेन्द्र सिंह ऐरीले ओमानमा सोमबारदेखि सुरु हुने आईसीसी क्रिकेट विश्वकप लिग २ गुमाउने भएका छन् ।ओमान, नेपाल र अमेरिका सहभागी त्रिकोणात्मक सिरिज सुरु हुने अघिल्लो दिन दीपेन्द्र खेल्न नसक्ने पक्का भएपछि नेपाललाई झट्का लागेको छ ।


उनले यसअघि चोटकै कारण पपुवा न्युगिनी विरुद्धको दुवै ओडीआई म्याच खेलेका थिएनन् । उनको दायाँ खुट्टाको गोलीगाँठोमा समस्या देखिएको र लिग २ को खेल गुमाउने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ ।

दीपेन्द्रले दुई साता आराम गर्नुपर्ने क्यानले जनाएको छ ।नेपाली टिमका मुख्य ब्याट्सम्या दीपेन्द्रले पार्टटाइम स्पिन बलिङ समेत गर्छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..