काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनलाई प्रविधिमैत्री बनाउदै : एसएसपी भट्टराई

काठमाडौ । काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन अत्यन्त चुनौतिपूर्ण कुरा हो ।उपत्यकाको ट्राफिक व्यवस्थापन सबैको लागि चुनौतिको विषय बनेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुखका रुपमा आउने नयाँ प्रहरी अधिकारीले ट्राफिक अस्तव्यस्ततालाई कसरी सहज बनाउछन होला ?


यो आम चासो र सरोकारको बिषय पनि ट्राफिक महाशाखाले हाक्ने प्रहरी अधिकारीको लागि उपत्यकाको ट्राफिक व्यवस्थापन मुख्य चुनौति हाकि रहेका ट्राफिक महाशाखाका प्रमुख एसएसपी जनक भट्टराईको कार्यकाल कसरी अगाडि बढिरहेको छ त ?

हामीले उपत्यकाको ट्राफिक व्यवस्थापनको सन्दर्भमा जनक भट्टराई सँग सम्बन्धित केही प्रतिनिधिमूलक विषय हामीले यो अंकमा पस्कदै छौ । एसएसपी भट्टराईले १० महिनाको अवधिमा गरेका केही राम्रा कामको चर्चा न्युज२४ग्यालेक्सीले गरेको छ ।एसएसपी जनक भट्टराईले ट्राफिक प्रमुखको जिम्मेवारी सम्हाले पछि अहिले उपत्यकाको करिव ९० प्रतिशत ठाउँमा ट्राफिक लाइटहरुको व्यवस्था गरिएको छ ।

ट्राफिक चिटको भुक्तानी घरमै बसेर विभिन्न तरिकाबाट तिर्न सकिने बनाइएको छ । सडक छेउछाउमा सवारीसाधनलाई डिस्टर्व गर्ने अवस्थालाई पूर्ण रुपमा नियन्त्रण गर्ने प्रयास हुदै छन् ।
छाडा छाडिएका पशुवस्तुको कारणले सडक दुर्घटना नहोस भनेर छुट्टै प्राविधिक व्यवस्थापन भएको छ । काठमाडौंका खाल्डाखुल्डी पुर्न सम्बन्धित पक्षलाई ध्यानाकर्षण गराउने देखि ट्राफिक प्रहरीहरु आफै परिचालित हुन्छन् ।

विगतको भन्दा देखिने गरि उपत्यकाको ट्राफिक व्यवस्थापनमा सुधार भएको साथै वर्षौ देखि बिग्रिएका धेरै स्थानका ट्राफिक लाइटहरु मर्मत तथा नयाँ जडान गरि हाल ३७ वटा ट्राफिक लाइटहरु सञ्चालन तथा सीसीटीभी, गोप्रो क्यामेरा, सर्भिलेन्स भेइकल, ब्रेथलाईजर, लेजर गनहरूको अधिकतम प्रयोग गरी प्रविधिमैत्री ट्राफिक व्यवस्थापन भट्टराईको अग्रसरता भएका परिवर्तनहरु चर्चा मैत्रीपुर्ण छ ।

उपत्यका ट्राफिकमा १५०० जनशक्ति र ४४ वटा युनिट खटेर यहाँको व्यवस्थापनलाई चुस्त बनाउने, हरेक चोकको आवागमनलाई सहज बनाउने काममा एसएसपी जनक भट्टराई लागिराखेका छन् ।
उपत्यकाका तीन वटा जिल्ला काठमाडौं भक्तपुर, ललितपुरको ट्राफिक व्यवस्थापनको जिम्मेवारी ट्राफिक महाशाखाले लिन्छ ।

ट्राफिक महाशाखाका प्रमुख एसएसपी जनक भट्टराईको अनुसार ट्राफिक व्यवस्थापनका लागि उपत्यकामा प्रहरी अधिकृतदेखि जवानसम्म गरी १ हजार ५ सय ४५ जना खटिएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..