नेपाल एयरलाइन्सलाई कम्पनी मोडलमा रुपान्तरण गर्ने सरकारको संकेत

काठमाडौं । केपी शर्मा ओली नेतृत्वको सरकारले नेपाल एयरलाइन्सलाई कम्पनी मोडलमा रुपान्तरण गर्ने प्रक्रिया थालेपछि त्यहाँ कार्यरत कर्मचारी अझै पनि आन्दोलनमा छन् । उनीहरुले महाप्रवन्धक समेतलाई कार्यालय प्रवेशमा रोक लगाएका छन् । यता, वर्तमान सरकारले समेत नेवानिलाई कम्पनी मोडलमै रुपान्तरण गर्ने संकेत गरेको छ ।

अर्थमन्त्री जनार्दन शर्माले बजेटको प्रतिस्थापन विधेयकमार्फत सरकारको मातहत रहेका सम्भाव्य सार्वजनिक संस्थानलाई आवश्यकता अनुसार पूर्ण सरकारी स्वामित्वका कम्पनी मोडलमा रुपान्तरण गर्ने उल्लेख छ । यस्ता कम्पनीलाई पुँजीबजारमा सूचिकृत गर्दै आत्मनिर्भर र लगानीको थप स्रोत जुटाएर सक्षम बनाउँदै लैजाने नीति लिने मन्त्री शर्माले बताएका छन् ।


उता, निरन्तर घाटामा गएका सार्वजनिक संस्थानलाई भने संरचनागत र व्यवस्थापकीय सुधार गरी सञ्चालन, खारेज व अन्य उपयुक्त विधिबाट व्यवस्थापनको नीति लिने घोषणा समेत अर्थमन्त्री शर्माले गरेका छन् ।

उनको यो घोषणाले नेपाल एयरलाइन्सलाई कम्पनी मोडलमा लैजान सहज हुने छ । यथास्थितिमा संस्थान चल्न नसक्ने र नयाँ निर्णय लिँदा कर्मचारीको अवरोधका कारण निगम धरासायी हुने अवस्थामा पुगेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..