अब, क्यान्सर, मृगौला, मेरुदण्डजस्ता गम्भीर बिरामीलाई मासिक ५ हजार भत्ता

काठमाडौं । सरकारले क्यान्सर, मृगौला, मेरुदण्डका गम्भीर बिरामीलाई मासिक ५ हजार रुपैयाँ भत्ता दिने घोषणा गरिएको छ । शुक्रबार संसदमा प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका बीच बजेट अध्यादेशको प्रतिस्थापन विधेयक प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्मा यी गम्भीर प्रकारका बिरामीलाई ५ हजार भत्ता उपलब्ध गराउने घोषणा गरेका हुन् ।

२०७४ को निर्वाचनमा तत्कालीन शेरबहादुर देउवा सरकारले क्यान्सर, मृगौला, मेरुदण्डलगायत गम्भीर बिरामीलाई मासिक ५ हजार रुपैयाँ भत्ता दिने निर्णय गरेको थियो । तर, निर्वाचनपछि आगमन भएको ओली सरकारले उक्त योजनालार्य खारेज गरेको थियो ।


उक्त निर्णय खोरज भएपछि बिरामीले रोगको प्रमाणपत्र पाएपनि भत्ता पाएका थिएनन् ।अहिले अर्थमन्त्री शर्माले प्रतिस्थापन विधेयक प्रस्तुत गरिरहेका छन् । तर, एमाले सांसदहरुले भने संसदमा नाराबाजी गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..