काठमाडौंमा नेकपा एकीकृत समाजवादीमा ५४ जनप्रतिनिधिले गराए सनाखत

काठमाडौं । काठमाडौंका ५४ जनप्रतिनिधिले नेकपा एमाले परित्याग गरी नेकपा एकीकृत समाजवादी रोजेका छन् । निर्वाचन आयोगमा सनाखत गर्ने अन्तिम समय मंगलबार साँझ ५ बजेसम्म रहेकोमा दिउसो २ बजेसम्म ५४ जना जनप्रतिनिधिले सनाखत गरेको जिल्ला निर्वाचन कार्यालय काठमाडौंले जानकारी दिएको छ ।

यसरी सनाखत गर्नेहरुमा काठमाडौंको कागेश्वरी मनहरा नगरपालिकाबाट नगरप्रमुख कृष्णहरि थापासहित १२ जनप्रतिनिधि नेकपा एसमा लागेका छन् । शंखरापुर नगरपालिकाका ८ जना जनप्रतिनिधिले एमाले छोडेका छन् । उपमेयर शुक्रलक्ष्मी श्रेष्ठ, वडा नं ९ का वडाध्यक्ष घनश्याम थापा, नगर कार्यपालिका सदस्य तिल कुमारी दमाई, बुद्धिमाया तामाङ, ज्ञानु पोखरेल, अनिल परियार र वडा नं २ का वडा सदस्य कृष्ण बहादुर गुरुङ, शिव प्रसाद दङ्गालले नेकपा समाजवादीमा सनाखत गरेका छन् ।

यता काठमाडौँ महानगरपालिका वडा नम्बर ७ का सुद्धकुमार डंगोल र वडा नम्बर १५ का ईश्वरमान डंगोलले पनि नेकपा एसमा सनाखत गरेका छन् । बूढानीलकण्ठ नगरपालिकाबाट वडा नम्बर ३ का वडाध्यक्ष बालकृष्ण श्रेष्ठ सहित ३ जना वडा सदस्यहरु तथा टोखा नगरपालिकाका वडा नम्बर ९ का वडाध्यक्ष जोगप्रसाद नेपालले नेकपा एसमा सनाखत गरेका छन् । तारकेश्वर नगरपालिका वडा नम्बर २ का रवीन्द्र केसी, वडा नम्बर ६ की मधु कार्कीले पनि नेकपा एसमा सनाखत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..