ललितपुर । ललितपुरस्थित नख्खु कारागारभित्र कैदीबन्दीबीच झडप भएको छ।
यतिबेला महानगरीय प्रहरी परिसर ललितपुरबाट थप प्रहरी परिचालन भएका छन् ।
कारागारको सिआरसी ब्लकमा रहेका कैदीबन्दीबीच झडप भएको हो।
नाइकेहरुले कारागारमा रहेको होटलमा खानाको मूल्यदर बढाएको विषयमा झडप भएको हो ।


