प्रदेश २ : एमाले छाडेर थप दुई सांसदले रोजे माधव नेपालको पार्टी

जनकपुर । प्रदेश नम्बर २ मा थप दुई प्रदेश सांसद नेकपा एमाले छाडेर माधवन नेपालको नेतृत्वमा गठित नेकपा (एकीकृत समाजवादी) मा भित्रिएका छन् ।२२ भदौसम्म दल परिवर्तन गर्ने समय बाँकी रहँदा एमाले संसदीय दलका प्रमुख सचेतक सुन्दरबहादुर विश्वकर्मा र सीता गुरुङले आइतबार जनकपुरस्थित प्रदेश निर्वाचन कार्यालय पुगेर सनाखत गरेका हुन्।

यसअघि बिहीबार एमालेका ११ जना सांसदहरु नेकपा (एस) मा आएका थिए । त्यतिबेला यी दुई सांसद पनि नेकपा (एस) मा आउने भनिए पनि उनीहरु छुटेका थिए । आइतबार उनीहरु नेकपा (एस) लाई रोजेसँगै १३ जनाले एमाले छाडेका छन् । प्रदेश २ मा एमालेबाट २१ सांसद रहेका थिए भने अब एमालेमा ८ जना मात्र सांसद रहेका छन् ।

यसअघि शत्रुधन महतो, गोविन्दबहादुर न्यौपाने, डिल्ली उप्रेती, प्रमोद यादव, अशोक यादव, मदनसेन श्रीवास्तव, मन्जु यादव, बेची लुंगेली, रवीन्द्र बैठा, हसिमा खातुन, नागेन्द्र यादव सुन्दर विश्वकर्मा, सीता गुरुङ नेकपा (एस) लाई रोजिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..