भारतीय सदगुरुको आँखामा नेपाल ‘एसियाको स्वीट्जरल्याण्ड’

काठमाडौं । कैलाश मानसरोवर यात्राबाट फर्किएका भारतीय प्रसिद्ध योगगुरु सदगुरुले नेपाल ‘एसियाको स्वीट्जरल्याण्ड’ भएको भन्दै नेपालको थुप्रै बयान गरेका छन् ।शनिबार नेपाल पर्यटन बोर्डद्वारा काठमाडौंमा आयोजित कार्यक्रममा सहभागिता जनाएका सदगुरुले नेपाल एसियाको स्वीट्जरल्याण्डको उपमा दिँदै उचित व्यवस्थान भए समृद्ध नेपाल चाँडै बन्ने पनि बताए ।


उनलाई बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मीले सदगुरुलाई स्वागत गरेका थिए। सदगुरु नेपाली भूभाग लिमि भ्याली भएर कैलाश मानसरोवर तीर्थयात्रामा निस्केका उनी सोही पथ हुँदै काठमाडौं फिर्ता भएका थिए ।


कार्यक्रममा सदगुरुले भने, ‘नेचर, कल्चर, एडभेन्चर, यहाँ नभएको के छ ? सबैथोक छ । केवल व्यवस्थापन खाँचो छ र यसैबाट समृद्धिको यात्रा तय गर्ने त्यो चिन्तन उजागर हुँदाको दिन नेपालको समृद्धिलाई कसैले रोक्न सक्दैन ।’
नेपालको समृद्धि पर्यटनबाटै सम्भव रहेको पनि सदगुरुले बताएका छन् । प्रकृतिको अनुपम उपहार र स्वर्ग नेपाल नै रहेकाले समृद्धि यहीँबाट हुने उनको भनाइ थियो ।

यसैगरी बोर्डका कार्यकारी प्रमुख डा. रेग्मीले कोरोनाबीच सदगुरुको नेपाल भ्रमणले नेपालको पर्यटनमा सकारात्मक सन्देश पुर्याएको बताएका छन् । धार्मिक तथा सांस्कृतिक हिसाबले समान रहेका भारत र नेपालबीचको सहकार्यले देशले पर्यटनबाट फाइदा लिन सक्ने उनले बताए ।

अन्तमाः नेपालमा धार्मिक आध्यात्मिक पर्यटन प्रवद्र्धन गर्न सदगुरुहरुसँग सहकार्य गर्न पर्यटन बोर्ड तयार रहेको पनि उलने बताए । उनका अनुसार खप्तड जस्ता ठाउँमा सदगुरुलाई योगा तथा मेडिटेशनका लागि काम गर्न आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..