प्रदीपले अध्यक्ष नेपाललाई भने, ‘आखिरमा तपाईंबाट पनि धोकाकै उपहार लिएर जानुपर्ने भो’

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का नेता प्रदीप नेपालले अध्यक्ष माधवकुमार नेपालबाट धोका पाएको टिप्पणी गरेका छन् । सोमबार फेसबूकमार्फत् नेता नेपालले अध्यक्ष नेपालबाट धोका पाएको टिप्पणी गरेका हुन् ।

नेकपा (एकीकृत समाजवादी)लाई साथ दिदै आएका नेता नेपालले फेसबूकमार्फत् भनेका छन्, ‘बारम्बारको कुराकानीमा मैले जबज हुँदैन भने मेरो नाम नलेख्नुस् भनेको थिएँ । तर, आखिरमा तपाईंबाट पनि मैले धोकाकै उपहार लिएर जानुपर्ने भो । विदा ।’

त्यस्तै, नेता नेपालले आफू नेकपा (एमाले)मा नजाने उल्लेख गर्दै भनेका छन्, ‘माधव कमरेड, म केपीसँग जान्न । किनभने तानाशाही प्रवृत्तिको म सधैं विरोधी हुँ । तपाई पनि झेली कुरा गर्न सिक्नु भएछ ।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..