झण्डै तीन किलो कोकिनसहित तीनविदेशी नागरिक पक्राउ

काठमाडौं । लागू औषध कोकिनसहित तीनजना विदेशी नागरिक पक्राउ परेका छन् । नेपाल प्रहरी लागू औषध नियन्त्रण ब्यूरोका अनुसार २ किलो ९६६ ग्राम कोकिनसहित तीनजना पक्राउ परेका छन् ।

ब्यूरोले आइतबार पक्राउ परेका तीनजना विदेशी नागरिकलाई पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ । ब्यूरोले तान्जानियाका गेर्तुदे लियोनार्ड किमारो सिन्धुलीको खुर्कोटबाट र अन्‍य दुईजनालाई काठमाडौंबाट पक्राउ गरेको जानकारी दिएको छ । काठमाडौंबाट पक्राउ पर्नेमा दक्षिण अफ्रिकी नागरिक शिर्ले गामा, भारतीय नागरिक विजय सिंह छन् ।

पक्राउ परेका उनीहरुको साथबाट ९ करोड नेपाली रुपैयाँ बराबरको कोकिन बरामद गरेको ब्‍यूरोले जनाएको छ ।

कतार एयरलाइन्सबाट आएका दक्षिण अफ्रिकी नागरिकले भारतीय नागरिकलाई उक्त कोकिन दिन लागेको भन्‍ने सूचनाको आधारमा पक्राउ गरिएको ब्‍यूरोले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..