सफ्टवेयर दुरुपयोगको आरोपमा तीन जना पक्राउ

काठमाडाैं । नेसनल सफ्टवेयर एन्ड आईटी सलुसन नामक कम्पनीको सफ्टवेयरको सोर्स कोड दुरुपयोग गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा दाङको लमही नगरपालिका–५ का बिमल केसी, रुपन्देहीको मायादेवी गाउँपालिका–५ का श्यामबहादुर चौधरी र नवलपरासी पूर्वको कावासोती नगरपालिका–७ का शंकर ज्ञवाली रहेका छन् ।


उनीहरु तीनैजना प्रिफेस टेक्नोलोजी प्रालिका सञ्चालक रहेको प्रहरीले जनाएको छ । उक्त कम्पनीको स्वामित्वमा रहेको सफ्टवेयरको सोर्स कोड र युजर इन्टरफेसमा सामान्य परिवर्तनबाहेक हुबहु नक्कल गरी प्रिफेस टेक्नोलोजी कम्पनीमार्फत विभिन्न संघसंस्थालाई बिक्री गरेको पाइएको ब्युरोले जनाएको छ ।

उनीहरूलाई विद्युतीय कारोबार ऐन २०६३ अनुसार कारबाहीका लागि आइतबार पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका माथि अनुसन्धानका लागि प्रहरीले जिल्ला अदालत काठमाडौंबाट ६ दिनको म्याद गरेको छ । ३ जना सञ्चालक पक्राउ गरे पनि केही सञ्चालक फरार रहेका प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..