सशस्त्र आईजिपी खनालद्धारा एपीएफ अस्पतालको एमआरआई र एचडियू सेवाको उद्घाटन

काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक ( आईजिपी ) शैलेन्द्र खनालले काठमाडौंको बलम्वु स्थित नेपाल एपीएफ अस्पतालमा नवनिर्मीत एमआरआई तथा एचडियू सेवाको सोमवार उद्घाटन गरेका छन्। उद्घाटन समारोहमा बोल्दै सशस्त्र प्रहरी महानिरीक्षक खनालले कोभिड–१९ महामारीको समयमा सो अस्पतालबाट प्रदान गरिएको स्वास्थ्य उपचार सेवाको विभिन्न निकायहरुबाट प्रसंसा भइरहेको स्मरण गर्दै सशस्त्र प्रहरी बल, नेपालका स्वास्थ्यकर्मीहरुले सो महामारीको समयमा विचलित नभई उच्च मनोबलका साथ अहोरात्र खटिएर स्वास्थ्य सेवा प्रदान गर्ने कार्यमा देखाएको पूर्ण व्यावसायीकताको मुक्तकण्ठले प्रसंसा गरे।

खनालले नेपाल एपीएफ अस्पतालको स्तरोन्नतीका लागि आफुहरु सुरुदेखि नै सोअस्पताललाई राष्ट्रियस्तरको अस्पताल बनाउने सोचका साथ कृयाशिल रुपमा अगाडी बढिरहेको चर्चा गर्दै हालै थपिएको एमआरआई, एचडियू र गाईनोकोलोजी क्यान्सर स्क्रिनिङ्ग क्लिनिक सेवाबाट गम्भिर प्रकृतिका रोगहरुको बेलैमा पहिचान तथा थप उपचारमा विशेष योगदान पुग्ने विश्वास व्यक्त गरे।

महानिरीक्षक खनालले सो अस्पतालका स्वास्थ्यकर्मीहरुलाई राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरु, उनीहरुका परिवारजन, मानव सेवा आश्रममा आश्रित बृद्धबृद्धाहरु, विद्यार्थी लगायत सर्वसाधारण नागरिकलाई उत्कृष्ट स्वास्थ्य उपचार सेवा प्रदान गर्न दत्तचित्त भई निरन्तर कृयाशिल रहन त्यसैअवसरमा निर्देशन समेत दिए।आईजीपि खनालले संगठनको विकास तथा विस्तारमा सबैले सामुहिक भावनाकासाथ आ–आफ्नो ठाउँबाट योगदान पुर्याउनुपर्ने उल्लेख गर्दै भावी पुस्ताका लागि के योगदान दिनसक्छौ भनि चिन्तनशिल भई निरन्तर रुपमा पूर्ण व्यावसायीक भई कार्यसम्पादनमा कृयाशिल रहनुपर्नेबताए।

सोही अवसरमा सशस्त्र प्रहरी महानिरीक्षक खनालले नेपाल एपीएफ अस्पताललाई-सहयोग पुर्याएकोमा कोभिड–१९ निर्देशन समितिका अध्यक्ष तथा स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ चिकित्सक डा. रोशन पोख्रेल तथा नेपाल एकेडेमी अफ साइन्स एण्ड टेक्नोलोजी (नास्ट) का शंकर ढकाललाई प्रसंसापत्र प्रदान गरेका थिए।

आईजीपी खनालले कोभिड–१९ महामारीको समयमा नेपाल एपीएफ अस्पतालमा कार्यरत रहि कोभिड–१९ संक्रमित तथा अन्य विरामीहरुको आकस्मिक तथा नियमित स्वास्थ्य उपचारमा अहोरात्र परिचालित भई स्वास्थ्य उपचारमा पुर्याएको योगदानको उच्च मूल्यांकन गर्दै नेपाल एपीएफ अस्पतालका १ सय १६ जना चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई समेत प्रसंसापत्र प्रदान गरे।

सोही समारोहमा सशस्त्र प्रहरी नायव महानिरीक्षकद्वय खडगबहादुर राई र राजु अर्याल तथा प्राविधिक सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक डा.रुपक महार्जनले सो अस्पतालमा कार्यरत रहि उच्चस्तरको स्वास्थ्य सेवा प्रदान गर्ने कार्यमा योगदान पुर्याउने जुनियार अधिकृत, बिल्लादार तथा जवान गरी कूल ३ सय २४ जनालाई प्रसंसापत्र प्रदान गरे। सो अस्पतालमा थप भएको एमआरआई, ५० शैयाको एचडियू र गाईनोकोलोजी क्यान्सर स्क्रिनिङ्ग क्लिनिकले आजैबाट स्वास्थ्य उपचार सेवा प्रदान गर्नेछ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

इन्टरपोलको भिडियो प्रतियोगितामा नेपाल प्रहरी सर्वोत्कृष्ट

इन्टरपोलको भिडियो प्रतियोगितामा नेपाल प्रहरी सर्वोत्कृष्ट

काठमाडौं । इन्टरपोलद्वारा आयोजित INTERPOL 100 Global Video Contest for Young Police Leaders प्रतियोगितामा नेपाल सर्वोत्कृष्ट भएको छ । मंसिर १२ देखि अष्ट्रियाको भियनामा आयोजना..