डिल्लीबजार कारागारबाट छुटे टोपबहादुर

 

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भई जेल सजाय भोगिरहेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी रिहा भएका छन् ।६५ वर्ष उमेर पूरा भएपछि ज्येष्ठ नागरिकले पाउने कैद छुटको सुविधा प्राप्त गर्दै उनी बिहीबार बिहान डिल्लीबजार कारागारबाट मुक्त भएका हुन् ।

रायमाझीलाई रिहा गर्न काठमाडौं जिल्ला अदालतले तिहारअघि नै डिल्लीबजार कारागारलाई पत्राचार गरेको थियो । उनको निवेदनका आधारमा अदालतले ज्येष्ठ नागरिकसम्बन्धी कानुनी व्यवस्थाअनुसार कैद छुट हुने गरी संशोधित कैदीपुर्जी पठाएको थियो ।

डिल्लीबजार कारागारका जेलर बाबुराम अर्यालले पनि अदालतबाट तिहारअघि नै रिहा गर्न पत्र प्राप्त भएको पुष्टि गरेका छन् । उनका अनुसार संशोधित कैदीपुर्जीअनुसार बिहीबार रायमाझीको कैद अवधि पूरा हुने भएकाले रिहा गरिएको हो ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका रायमाझीलाई काठमाडौं जिल्ला अदालतले २०८३ असार ३० गते चार वर्ष कैद सजाय सुनाएको थियो । उनी २०८० वैशाख २० गते पक्राउ परेका थिए ।ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३ को दफा १२ अनुसार ६५ वर्ष उमेर पूरा गरेका ज्येष्ठ नागरिकलाई उमेरअनुसार कैद सजायमा २५ प्रतिशतसम्म छुट दिन सकिने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..