सि.सं. २५ गुल्मपति तथा स्टाफ तालिम सम्पन्न ,सशस्त्र निरीक्षक थापा सर्वोत्कृष्ट

काठमाडौं । राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातिर्थमा संचालित सि.सं. २५ गुल्मपति तथा स्टाफ (सिसिएससी) तालिम सम्पन्न भएको छ । सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय हल्चोकमा आयोजित उक्त तालिमको समापन समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सो तालिममा सर्वोत्कृष्ट हुन सफल सशस्त्र प्रहरी निरीक्षक निरन थापालाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुभयो ।

सशस्त्र प्रहरी महानिरीक्षक खनालले सो तालिमका प्रशिक्षकहरुलाई समेत त्यसैअवसरमा प्रशंसापत्र प्रदान गर्नुभयो । सशस्त्र प्रहरी महानिरीक्षक खनालले त्यवअवसरमा व्यावसायिक दक्षता अभिबृद्धिमा विशेष भूमिका खेल्ने यस्ता व्यावसायिक तालिमले अधिकृतहरुको बृत्तीविकासमा समेत महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।

उहाँले प्रशिक्षार्थीहरुले तालिमबाट प्राप्त ज्ञान, कला कौशललाई कार्यक्षेत्रमा खटिदा उपयोग गर्दै व्यावसायिक कार्यसम्पादनमा जुट्ने विश्वास व्यक्त गर्नुहुँदै कमाण्डर तहका अधिकृतहरुले मातहतलाई सिकाउँदै कर्तव्यनिष्ठ भई सामुहिक भावनाकासाथ इमान्दारितापूर्वक सांगठानिक जिम्मेवारीका क्षेत्रहरुमा समर्पणभावका साथ उत्कृष्ठ कार्यसम्पादनमा कृयाशिल रहनुपर्ने उल्लेख गर्नुभयो ।

सशस्त्र प्रहरी महानिरीक्षक खनालले राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरुले नागरिकको सेवा, सुरक्षा र आपद् विपदमा परेकाहरुको उद्वारमा देखाएको कर्तव्यपराणताको विभिन्न निकाय तथा नागरिक स्तरबाट समेत प्रशंसा भएको उल्लेख गर्नुभयो । करीब तीन महिना अवधिको गुल्मपति तथा स्टाफ तालिममा ३६ जना सशस्त्र प्रहरी निरीक्षकहरु प्रशिक्षार्थीको रुपमा सहभागि रहेका थिए ।

उक्त तालिममा स्टाफ ड्युटिज, युद्धकला, नेतृत्वकला, व्यवस्थापन, ट्याक्टिस, इन्टेलिजेन्स, अपराध नियन्त्रण, मानवअधिकार लगायतका विविध विषयहरुमा सम्बन्धित विषयका विषयविज्ञहरुबाट प्रशिक्षण प्रदान गरिएको थियो । उक्त कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय पुष्पराम के.सी. र रामशरण पौडेल लगायत सशस्त्र प्रहरी बल, नेपालका बरिष्ठ अधिकृतहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

लहान । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनमाथिको जिम्मेवारी पनि थपिँदै गएको बताएका छन्। आईजीपी कार्कीले ‘दुइटै पीरलाई एउटै झिरले..