भागरथी हत्या प्रकरण : दोषी पक्राउ नपरेसम्म शव नबुझ्ने परिवारको अडान

बैतडी । बैतडी दोगडाकेदार नगरपालिका ७ की भागरथी भट्टको बलात्कारपछि हत्या भएको पुष्टि भएको छ । बैतडी जिल्ला अस्पतालले सोमबार प्रहरीलाई बुझाएको पोष्टमार्टम रिपोर्टमा १७ वर्षीया भागरथीको बलात्कारपछि घाँटी थिचेर हत्या गरेको उल्लेख छ ।

घाँटी निमोठेको र अन्य केही भित्री चोटहरु रहेको भेटिएको छ । थप अनुसन्धान जारी रहेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ । घटनास्थल र शवको सुक्ष्म अध्ययनपछि अनुसन्धानको घेरा साँघुरिएको प्रहरीले जनाएको छ ।

भागरथीको भजाइनल स्वाब परीक्षणका लागि काठमाडौं ल्याइने भएको छ । जिल्ला अस्पताल, बैतडीमा भएको पोष्टमार्टमका क्रममा चिकित्सकहरुले निकालेको स्वाबलाई महाराजगञ्जस्थित केन्द्रीय विधि विज्ञान प्रयोगशालामा ल्याउन लागिएको हो । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता मुकेश सिंहले अनुसन्धानमा सहयोग पुग्ने विश्वाससहित परीक्षणका लागि सबुद, प्रमाण काठमाडौं पठाउने तयारी भएको जानकारी दिनुभएको छ । चिकित्सकका अनुसार संकलित स्वाबबाट पहिले ‘सिमेन’ परीक्षण गरिन्छ ।

यसबाट ‘बलात्कार’मा संलग्नको वीर्य योनीमा प्रवेश गरेको छ/छैन भन्ने थाहा हुन्छ । यही परीक्षणबाट घटनामा एक वा एकभन्दा बढी व्यक्ति संलग्न छन् भन्ने पनि थाहा हुनसक्छ । त्यसपछि डीएनए परीक्षणको समेत विकल्प रहेको चिकित्सकहरु बताउँछन् । सनातन धर्म माध्यमिक विद्यालयको कक्षा १२ मा अध्ययनरत भागरथी बुधबार साँझसम्म घर फर्किएकी थिइनन् । उनी बिहीबार बिहान मुख्य सडकको केही भित्री क्षेत्रमा मृत अवस्थामा फेला परेकी थिइन् ।

पोस्टमार्टम रिपोर्ट आउनुअघि प्रहरीले हत्या मात्रै हो या बलात्कार पनि भन्ने यकिन गर्न सकेको थिएन । दोषी पक्राउ नपरेसम्म शव नबुझ्ने परिवारले अडान लिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ताबाट गत साउन महिनामा विभिन्न व्यक्ति तथा संस्थालाई सूचना प्रवाह

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ताबाट गत साउन महिनामा विभिन्न व्यक्ति तथा संस्थालाई सूचना प्रवाह

काठमाडौं । नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक कुवेर कडायतले गत साउन महिनामा व्यक्ति र संस्था गरी जम्मा ९९ जनालाई नेपाल प्रहरीसँग सम्बन्धित..