हाम्रो लडाइँ पदको निम्ति होइन बिचार,पद्धति र सिद्धान्तको हो – प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी ( नेकपा ) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पदको लोभ र भागबण्डाको कारण संघर्ष सुरु नभएको बताउनु भएको छ । सोमबार एकिकृत अखिल नेपाल शिक्षक संगठन, प्रथम राष्ट्रिय परिषद बैठकमा बोल्दै अध्यक्ष प्रचण्डले राजनीतिक कार्यदिशा र बिचारमाथि प्रधानमन्त्री केपी शर्मा ओलीले प्रहार गरेको कारण संघर्ष सुरु भएको स्पष्ट पार्नुभयो ।

आफूलाई प्रधानमन्त्री र कुर्सी पदको लागि झगडा गरेको केपी ओली गुटका प्रतिकृयावादी तत्वहरले आरोप लगाउने गरेको बताउदै अध्यक्ष प्रचण्डले त्यो सत्य नभएको दावी गर्नुभयो । उहाँले भन्नुभयो, ‘हाम्रो लडाइ बिचार र राजनीति मै हो, केपीसँग प्रधानमन्त्री र कुर्सीकाे लागि लडाइँ हो की ? भन्ने गर्छन्, यो प्रचार केपी गुटका प्रतिकृयावादी र अवसरदावीहरुले गर्ने गरेकै हो।’ उहाँले थप्नुभयाे, ‘हामी पदको लागि होइन बिचारको, पद्धति र सिद्धान्तका निम्ति हाम्रो लडाइँ हो।’

प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदनमा राजनितिक कार्यदिशा र विचार स्पष्ट लेखिएपनि केपी ओलीले ठिक त्यही कार्यदिशा र विचारमाथि पार्टी एकता देखि नै प्रहार गर्दै आएपछि संघर्ष सुरु भएको अध्यक्ष प्रचण्डले स्पष्ट पार्नुभयो ।

आफूले पार्टी एकता बचाउन राजनीतिक प्रतिवेदन र नेकपा विधानमा गरिएको व्यवस्थालाई बचाउन पद छोड्दै हिडेको प्रचण्डको भनाइ छ । आधा आधा कार्यकाल प्रधानमन्त्रीको सहमति भएपनि पार्टी एकता बचाउन पाँचै बर्ष प्रधानमन्त्री हुन केपी ओलीलाई दिएको उहाँले बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘मेले पार्टी एकता बचाउन र विधानमा भएको व्यवस्था बचाउन पद छोड्दै हिडेको हो, प्रधानमन्त्री नै तपाईँ पाँचै बर्ष चलाउनुस् बरबबरी भएपनि मलाइ पार्टी चलाउन दिए पुग्छ, दुख: गर्छु देशैभर भनेर भन्दा पनि सुख नपाएको मान्छे हुँ नि म।’

अध्यक्ष प्रचण्डले नेकपाको आन्दोलनलाई विचार र संगठनलाई बदनाम गराउनेहरुले मात्रै पद र कुर्सीको कारण पार्टी यो स्थितीमा आएको भनेर भन्ने गरेको बुझ्न सबैलाई आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

लुम्बिनी प्रदेश प्रहरी प्रमुख कार्कीसहित ६ जना प्रहरी अधिकारी एआईजीमा बढुवा सिफारिस

लुम्बिनी प्रदेश प्रहरी प्रमुख कार्कीसहित ६ जना प्रहरी अधिकारी एआईजीमा बढुवा सिफारिस

लहान । लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआईजी) दान बहादुर कार्की सहित ६ जना प्रहरी अधिकृत प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवाका लागि..