एक्सनमा एसपी दिपेन्द्र शाही : हुण्डी कारोबारको ४९ लाख रुपैयाँसहित दुई जना पक्राउ

बारा । अवैध हुण्डी कारोबारको ४९ लाख रुपैयाँसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा  भारत घर भएका २६ वर्षीय अरबिन्द महतोसहित २ जना रहेको प्रहरीले जनाएको छ ।

उनीहरुलाई फेटा गाउँपालिका–५ जोतपुरबाट शनिबार दिउँसो पक्राउ गरिएको हो । उनीहरुको साथबाट स्रोत नखुलेको नगद ४९ लाख रुपैयाँ बरामद भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक ( एसपी ) दिपेन्द्र शाहीले जानकारी दिए ।

अस्थायी प्रहरी पोष्ट जोतपुरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको बिआर ०५ वाई ६४१७ नम्बरको मोटरसाइकल जाँच गर्दा उक्त रकम फेला पारी चालक महतोलाई मोटरसाइकल सहित नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

लहान । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनमाथिको जिम्मेवारी पनि थपिँदै गएको बताएका छन्। आईजीपी कार्कीले ‘दुइटै पीरलाई एउटै झिरले..