एक्सनमा एसपी दिपेन्द्र शाही : हुण्डी कारोबारको ४९ लाख रुपैयाँसहित दुई जना पक्राउ

बारा । अवैध हुण्डी कारोबारको ४९ लाख रुपैयाँसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा  भारत घर भएका २६ वर्षीय अरबिन्द महतोसहित २ जना रहेको प्रहरीले जनाएको छ ।

उनीहरुलाई फेटा गाउँपालिका–५ जोतपुरबाट शनिबार दिउँसो पक्राउ गरिएको हो । उनीहरुको साथबाट स्रोत नखुलेको नगद ४९ लाख रुपैयाँ बरामद भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक ( एसपी ) दिपेन्द्र शाहीले जानकारी दिए ।

अस्थायी प्रहरी पोष्ट जोतपुरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको बिआर ०५ वाई ६४१७ नम्बरको मोटरसाइकल जाँच गर्दा उक्त रकम फेला पारी चालक महतोलाई मोटरसाइकल सहित नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

प्रहरीमा ३० वर्षे सेवाअवधिको असर : एआईजी भएको २ दिनमै आईजिपी

प्रहरीमा ३० वर्षे सेवाअवधिको असर : एआईजी भएको २ दिनमै आईजिपी

गृहमन्त्रीसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई एउटा एआईजीले आइजिपी बन्न र ३० बर्षे रोक्न २५ करोडको अफर गरे पछि सिंहको घर जाने मिति नजिकिएको हो..