अमेरिका-चीन बीच सहकार्य आवश्यक : अमेरिकी राष्ट्रपति जो बाइडन

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले विश्वका प्रमुख अर्थतन्त्रहरूबीच सहकार्यलाई हुनु विश्वको आर्थिक वृद्धिका लागि महत्वपूर्ण रहेको बताउनुभएको छ ।अमेरिकी राष्ट्रपतिमा निर्वाचित भई करिब एक महिना जिम्मेवारी सम्हालेका जो बाइडेनले विश्व कूटनीतिबारे गरेको पहिलो सम्बोधनमा चीनसँगको सहयोगलाई सबल पार्न अमेरिका तयार भएको सङ्केत गर्नुभएको हो । बाइडेनको यो भनाइले रिपब्लिकन नेता डोनाल्ड ट्रम्प सत्तामा आएपछि चर्किएको चीन–अमेरिका व्यापार विवादलाई पनि कुटनीतिक माध्यमबाट समाधान गर्ने सङ्केत राष्ट्रपति बाइडेनले गर्नुभएको हो ।

विगत चार वर्षमा अमेरिकी केही कूटनीतिज्ञले चीन–अमेरिकाका लागि ‘सबैभन्दा ठूलो खतरा’ भएको ठहर गर्दै अख्तियार गरेको विदेश नीतिका कारण चीन–अमेरिकाबीचको सम्बन्धमा थप तनाव देखिएको थियो । ट्रम्प प्रशासनले ल्याएको चीनविरोधी कडा धारका कारण चिनियाँ व्यवसायहरूको विकासमा समस्या आएको समय नवनिर्वाचित नेतृत्वबाट विश्वका प्रमुख अर्थतन्त्रबीचको सहकार्यलाई दिएको महत्वले विश्वको अर्थतन्त्रमा समेत सुधारको आशा पलाएको छ ।

अमेरिकीहरूले विगत चार वर्षमा चीनको केन्द्रीय हित र मुख्य चासोका मामिलामा समेत हस्तक्षेप गरेका कारण दुई देश बीचको रणनीतिक विश्वासलाई गम्भीर मोडमा पु¥याएको चीनको बुझाई रहेको छ । ट्रम्पको कार्यकालमा चीन–अमेरिका सम्बन्ध एकदम कठीन स्थितिबाट गुज्रिएको थियो ।

वास्तवमा अमेरिकासँग शान्तिपूर्ण सहअस्तित्व कायम राख्न चीन सधैं इच्छुक रहेको चिनियाँ अधिकारीहरूले बताएका छन् । चीनका राष्ट्राध्यक्ष सी चिनफिङले गत वर्षको नोभेम्बरमा अमेरिकी राष्ट्रपति निर्वाचित भएपछि बाइडेनलाई पठाउनुभएको बधाई सन्देश पठाउँदै चीन र अमेरिका दुवै पक्षले आपसी सम्मान, सहयोग र साझा जीतको आधारमा दुई पक्षीय सम्बन्धको स्वस्थ विकासलाई अघि बढाउनसक्ने विश्वास व्यक्त गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

राष्ट्र र नागरिकलाई शीरमा राखि असल आचरणका साथ काम गर्न डिआईजी चतुर्वेदीको निर्देशन

राष्ट्र र नागरिकलाई शीरमा राखि असल आचरणका साथ काम गर्न डिआईजी चतुर्वेदीको निर्देशन

लहान । मधेस प्रदेश प्रहरी प्रमुख तथा प्रहरी नायव महानिरीक्षक (डिआईजी) उमाप्रसाद चतुर्वेदीले राष्ट्र र नागरिकलाई सर्वोपरि राखी उच्च व्यावसायिक निष्ठाका साथ कर्तव्य निर्वाह गर्न..