संविधान जोगाउन र मुलुकको विवादलाई सही ट्र्याकमा ल्याउनपनि संसद पून,स्थापना हुनुपर्छ : डा.शर्मा

काठमाडौं । अधिवक्ता डा. रुद्र शर्माले राज्यका सर्वोच्च निकाय/संस्थाहरु एक–आपसमा झगडा र द्वन्द्वमा हुन दुःखद् भएको टिप्पणी गरेका छन् । उनले यही अवस्थाले भोलि मुलुक संविधानले अन्दाज नगरेको ठाउँमा पनि पुग्नसक्ने खतरा औंल्याए ।

राजधानीमा आयोजिक एक साक्षात्कारमा बोल्दै डा. शर्माले अहिले संविधानको सरंक्षक प्रधानन्यायाधीश आँफै झगडीया हुनुपनि दुःखद् भएको टिप्पणी गरे ।

उनले भने, ‘उहाँले आफूलाई झगडीया हुनबाट बचाउन सक्नुपर्दथ्यो । सभामुख पनि संवैधानिक परिषदको बैठकमा नजानु गल्ती हो । तर, यो विषयमा उहाँ आँफै अदालत जानु चाहीँ स्वागतयोग्य कुरा हो ।’

उनले राज्यका सर्वोच्च अंगहरुबीचको द्वन्द्व र झगडाले मुलुकलाई बेफाइदा भएको भन्दै यसले संविधानलाई नै भंग गर्न सक्ने, संविधान अनमेकिङ र ब्रेकडाउन सुरु भएको भन्दै उक्त कुरा चिन्ताको विषय भएको टिप्पणी गरे ।

अहिले सभामुख–प्रधानमन्त्री आरोप प्रत्यारोप, प्रधानमन्त्री–सभामुख आरोप प्रत्यारोपमा उत्रिनुजस्तो विचित्रको दृश्य देखिएको पनि सुनाए । उनले अहिले मुलुकले यो संविधान जोगाउन सक्छ कि सक्दैन् ? भन्ने नै प्रमुख सवाल भएको बताए ।

उनले सर्वोच्च अदालतले संसद पूनःस्थापना गर्नेछ भन्ने विश्वास दिलाए । उनले भने, ‘सर्वोच्च अदालतले अहिलेको मुलुकको अनिश्चिततालाई र विवादलाई सही ट्रयाकमा ल्याउन र संविधान बचाउने काम गर्नेछ ।’

उनले संसद पूनःस्थापना नभए संविधान अनमेकिङ प्रोसेस सुरु हुने पनि चिन्ता व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ताबाट गत साउन महिनामा विभिन्न व्यक्ति तथा संस्थालाई सूचना प्रवाह

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ताबाट गत साउन महिनामा विभिन्न व्यक्ति तथा संस्थालाई सूचना प्रवाह

काठमाडौं । नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक कुवेर कडायतले गत साउन महिनामा व्यक्ति र संस्था गरी जम्मा ९९ जनालाई नेपाल प्रहरीसँग सम्बन्धित..