विधान विपरीत नयाँ सदस्यता तथा नवीकरण नसच्याए साधारणसभा बहिस्कार गर्ने पत्रकार महासंघ प्रदेश २ को चेतावनी

जनकपुरधाम । नेपाल पत्रकार महासंघ प्रदेश दुईले विधि, विधान र प्रक्रिया मिचेर नयाँ सदस्यता तथा नवीकरणबारे केन्द्रीय समितिमा सिफारिस गरेको भन्दै सात वटा जिल्ला शाखाका अध्यक्षहरुले अविलम्ब सच्याउन माग गरेका छन् ।

आज जनकपुरधाममा प्रदेश दुईका सात वटा जिल्ला शाखाका अध्यक्षहरुको भेलाबाट २ बुँदे निर्णय गर्दै पत्रकार महासंघ प्रदेश २ ले केन्द्रीय समितिमा गरेको सिफारिस फिर्ता लिई नसच्याए फागुन १ गते हुने भनिएको प्रादेशिक साधारणसभामा सहभागी नहुने चेतावनी समेत दिएका छन् ।

नेपाल पत्रकार महासंघ धनुषा शाखाका अध्यक्ष अनिल मिश्रको अध्यक्षतामा भएको भेलाबाट नेपाल पत्रकार महासंघ प्रदेश २ को समितिले शाखाहरुको अधिकारलाई कुण्ठित गरी विधान विपरित सदस्यता वितरण, नविकरण र थपघट गर्ने काम गरेकोले त्यसलाई अविलम्ब सच्याउन माग गर्ने एवं प्रदेश समितिको आगामी फागुन १ गते वीरगञ्जमा हुने दोश्रो अधिवेशन अगावै सदस्यता वितरण र नविकरणको सन्दर्भमा देखिएका समस्याहरु समाधान नभए अधिवेशनमा आफूहरुको सहभागिता नरहने विज्ञप्तिमा उल्लेख छ ।

सात वटै शाखाका अध्यक्षहरुको भेला पछि संयूक्तरुपमा जारी गरिएको प्रेस विज्ञप्तिमा धनुषाका अध्यक्ष अनिल मिश्र, रौतहटका अध्यक्ष रविन्द्र साह, सप्तरीका अध्यक्ष जितेन्द्र खड्गा, सिराहाका अध्यक्ष दिनेश्वर गुप्ता, बाराका अध्यक्ष कमल उपाध्याय, पर्साका अध्यक्ष श्याम बञ्जारा र सर्लाहीका अध्यक्ष विश्वनाथ ठाकुरले संयूक्तरुपमा हस्ताक्षर गरेका छन् ।

भेलाबाट भएको निर्णयहरु पत्र सहित नेपाल पत्रकार महासंघ प्रदेश २ का उपाध्यक्ष केसी लामिछाने, महासचिव किरण कर्ण र केन्द्रिय सदस्य अवधेश झालाई समेत हस्तान्तरण गरी अविलम्ब सच्याउन माग गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

लहान । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनमाथिको जिम्मेवारी पनि थपिँदै गएको बताएका छन्। आईजीपी कार्कीले ‘दुइटै पीरलाई एउटै झिरले..