भारतबाट आएको कन्टेनर गत फागुनदेखि नै बाहिरिएनन् , भन्सारमै थन्कियो २६ सय कन्टेनर

पर्सा । अन्तर्राष्ट्रिय नाकाका रूपमा रहेको मुलुककै पहिलो सिर्सिया सुख्खा बन्दरगाहबाट कन्टेनर बाहिरिन नसक्दा दुई हजार ६ सय ३९ कन्टेनर भन्सार यार्डमा थन्किएपछि त्यहाँ अन्य कन्टेनर राख्ने ठाउँको अभाव भएको

तीमध्ये कतिपय कन्टेनर खाली अवस्थामा रहेको बताइएको छ । वीरगञ्ज महानगरपालिका–२५ सिर्सियास्थित भारतसँग रेल्वे सञ्जालमा जोडिएको मुलुकको बन्दरगाहमा कोरोना महामारी सुरु भएदेखि नै कन्टेनर थन्किएका सो कार्यालयले जनाएको छ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत रहेको नेपाल इन्टर मोडल यातायात विकास समितिका अनुसार लकडाउनको समयमा तेस्रो मुलुकबाट सामान लिएर कलकता बन्दरगाह हुँदै रेलमार्गबाट आएका कन्टेनर जाँचपासको अभावमा बाहिरिन नसक्दा त्यहाँ अन्य कन्टेनर राख्ने ठाउँको अभाव भएको हो ।

शाखा अधिकृत तर्कराज जोशीका अनुसार अहिले भन्सार यार्डमा थन्किएर रहेका दुई हजार ६ सय ३९ कन्टेनरमध्ये केही कन्टेनर बाहिरिने प्रक्रियामा छन् भने अन्य कन्टेनर भन्सार जाँचपास नहुँदा बाहिरिन सकेका छैनन् । एउटा रेलमा ९० कन्टेनर हुने गरेको र अहिले दैनिक तीन रेल आउने गरेका छन् । पुरानो थन्किएका कन्टेनर बाहिर निस्कन नसक्दा यसको प्रभाव भन्सार यार्डमा परेको छ ।

पाँच वर्षका लागि सुख्खा बन्दरगाहको ठेक्का ३ सय ३३ करोड रुपैयाँमा प्रिस्टिना भ्यालीले लिएको छ । सो बन्दरगाहमा सामान उठाउने रिचस्टेकर मेसिन चार वटा छन् । हिमालय टर्मिनलले इन्टर मोडललाई दिने भनिएको थप चार रिचस्टेकर मेसिनमध्ये तीन बनिसकेका र एउटा मेसिनको मर्मत सम्भार भइरहेको छ ।

समयमा सो मेसिन नदिँदा कन्टेनर लोड अनलोडमा समस्या परेको छ । दिनप्रतिदिन रेलमार्गमार्फत सुख्खा बन्दरगाहमा आउने कार्गोको सङ्ख्या बढदै गइरहेको अवस्थामा पर्याप्त रिचस्टेकर मेसिनको अभावमा कन्टेनर समयमा उठन नसकेपछि यस्तो अवस्था आएको हो ।

बन्दरगाह सञ्चालक भारतीय कम्पनी प्रिस्टाइन भ्यालीसँग रहेका चार रिचस्टेकरले मात्रै काम गर्ने गरेका कारण रेल्वे र्‍याक आए पनि उक्त मेसिनले उद्योगी व्यापारीको मालसामान ट्रकमा लोड अनलोड गर्न छाडेर रेल्वे र्‍याकका कन्टेनर खाली गर्नमा प्रयोग गर्ने गरिएको छ । रासस

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ताबाट गत साउन महिनामा विभिन्न व्यक्ति तथा संस्थालाई सूचना प्रवाह

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ताबाट गत साउन महिनामा विभिन्न व्यक्ति तथा संस्थालाई सूचना प्रवाह

काठमाडौं । नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक कुवेर कडायतले गत साउन महिनामा व्यक्ति र संस्था गरी जम्मा ९९ जनालाई नेपाल प्रहरीसँग सम्बन्धित..