गुण्डा नाइके लामालाई नेपालीकांग्रेसले बनायो तरुण दलको बागमती उपसंयोजक

  • कृष्णसिंह लोथ्याल

काठमाडौं । विभिन्न आपराधिक गतिविधिमा संलग्न काभ्रेका जीतेन्द्र तामाङ उर्फ ‘दावा लामा’ अहिले राजनीतिक गतिविधिमा व्यस्त हुन थालेका छन् । २०७३ सालपछि भारतको सिक्किम बस्दै आएका दावा केही समयअघि मात्रै नेपाल प्रवेश गरेर नेपाली कांग्रेसको भ्रातृ संगठन दरुण दलको राजनीतिमा होमिएका हुन् । उनले दरुण दल काभ्रेको संयोजक र बागमती प्रदेशको उपसंयोजक जिम्मा पाएका छन् । २१ माघमा नेपाली कांग्रेस केन्द्रीय तरुण विभागले दावालाई उपसंयोजकको जिम्मा दिएको हो ।

दावा सशक्त र आटिलो युवा भएकै कारण उनलाई बागमती प्रदेशको उपसंयोजक बनाएको नेपाली कांग्रेसका तरुण दल विभागका प्रमुख शंकर भण्डारीले जानकारी दिए ।

‘दावाको पृष्ठि भूमि मात्रै हर्ने होइन । पहिलाको व्यवहार छोडेर सुध्रिन पनि खोजेको छ । आपराधिक गतिविधिकै महेश बस्नेतजस्तालाई नेकपाले मन्त्री बनाएको पनि छन्,’ भण्डारीले भने, ‘हामीलाई जुझारु युवा चाहिएको छ । दावाले पहिला के गर्‍यो होइन अब राम्रो गर्न राजनीतिमा आएको हो, दावाजस्ता जोसिला युवा हामीलाई चाहिको छ ।’

आपराधिक गतिविधिबाट राजनीतिमा प्रवेश गर्ने दावा मात्रै एक्ला होइनन् । यसअघि आपराधिक पृष्ठभूमि भएका राजिव गुरुङ उर्फ दीपक मनाङे राजनीतिमा प्रवेश गरेर हाल गण्डकी प्रदेशसभाका सदस्य छन् । त्यस्तै, गणेश लामा पनि विजय गच्छदारले नेतृत्व गरेको मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) पार्टी कांग्रेसमा गाभिएसँगै उनी पनि कांग्रेसकै राजनीतिमा छन् ।

प्रदेशसभाको चुनावमा उनी काभ्रे क्षेत्र नम्बर १ (ख) बाट उम्मेदारसमेत बनेका थिए । तर, चुनावमा नेकपाका चन्द्र लामासँग पराजित भएका थिए ।

को हुन् दावा ?

प्रहरीको सूचीमा दावा लामा पहिलो श्रेणीको गुण्डा नाइके हुन् । उनी २०६७ सालदेखि विभिन्न समयमा झै-झगडा र लागुऔषध अभियोगललगायत कसुरमा करिब २ वर्ष जेल सजाय भोगेका छन् । प्रहरीका अनुसार त्योबेला उनी क्यासिनोमा मिटर ब्याजमा पैसा लगाउने काम गर्थे ।

काभ्रेको साबिक भुम्लुटार गाविसका दावा सुरुमा प्रहरी इन्काउन्टरमा मारिएका कुमार श्रेष्ठ ‘घैँटे’मार्फत गुण्डागर्दीको दुनियाँमा प्रवेश गरेका हुन् ।

अपराधको दुनियाँमा प्रवेश गरेको केही समयमै चर्चामा आएका दावाले घैँटेसँगको सम्बन्ध छाडेर काभ्रेकै अर्को गुण्डा नाइके गणेश लामाको काभ्रेली समूह लागेका थिए ।

गणेश लामाको सहयोगी उमेश लामामार्फत गणेशको समूहमा पुगेका दावा त्यहाँ पनि धेरै समय टिक्न सकेनन् । पछि आफ्नै नयाँ समूह बनाएर आपराधिक गतिविधिमा लागे ।

सुरुमा उनको समूहमा अभिमानसिंह बस्नेत, प्रेम ठकुरीलगायतका केही आपराधिक गतिविधिमा लागेका युवा रहेको लामो समय अपराध महाशाखामा रहेका एक प्रहरी अधिकारीको बुझाइ छ । केही समय दावाले दरबारमार्गमा रेष्टुरेण्ट पनि चलाएका थिए ।

पछि प्रहरीले खोज्न थालेपछि उनले त्यो व्यवसाय छाडे । दावा दोस्रो संविधानसभा चुनावअघि काभ्रे क्षेत्र नम्बर १ का सांसद तीर्थ लामामार्फत कांग्रेसमा प्रवेश गरेका थिए ।

दावामाथि २९ चैत २०७३ मा बौद्ध नयाँबस्ती दिव्य पार्टी प्यालेसभित्रै रहेको जिम क्लब जानेबेला अर्का गुण्डा नाइके समीरमानसिंह बस्नेत समूहका लोप्साङ लामाले गोलीसमेत प्रहार गरेको थियो । त्यसपछि प्रहरीले गुण्डा नाइकेहरूलाई इन्काउन्टर गर्न थालेपछि उनी नेपाल छाडेर भारत पुगेका थिए ।

२०७२ यता प्रहरीको इन्कान्टरमा धादिङका दिनेश अधिकार ‘चरी’, नुवाकोटका कुमार श्रेष्ठ ‘घैँटे’, रूपन्देहीका मनोज पुन र ओम आले मारिएका छन् ।

दावालाई गोली हान्ने समीरमानसिंह समूहका लोप्साङ, समीरसहित सात जना निमार्ण व्यवसायी संघका अध्यक्ष शरद गौचनको हत्या अभियोगमा जेलमा छन् ।

दावालाई १६ भदौ २०७५ मा दुबईबाट दिल्ली जाने क्रममा भारतीय प्रहरीले ईन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो । भारतमा उनीमाथि सट्टेबाजीको अभियोग लागेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

लुम्बिनी प्रदेश प्रहरी प्रमुख कार्कीसहित ६ जना प्रहरी अधिकारी एआईजीमा बढुवा सिफारिस

लुम्बिनी प्रदेश प्रहरी प्रमुख कार्कीसहित ६ जना प्रहरी अधिकारी एआईजीमा बढुवा सिफारिस

लहान । लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआईजी) दान बहादुर कार्की सहित ६ जना प्रहरी अधिकृत प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवाका लागि..