संविधान र लोकतन्त्रको रक्षा गर्नु अहिलेको चुनौती : पूर्वमन्त्री वर्षमान पुन

पोखरा । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) दाहाल–नेपाल समूहका स्थायी कमिटी सदस्य एवं पूर्वमन्त्री वर्षमान पुनले ७० वर्ष लामो सङ्घर्षबाट प्राप्त लोकतन्त्र गुम्ने खतरा रहेकाले सोको रक्षाका लागि अहिलेको दबाब र सङ्घर्ष भइरहेको बताउनुभएको छ ।

नेकपा कास्की सम्बद्ध बौद्धिक सङ्घ सङ्गठन तथा जनवर्गीय सङ्गठनको संयोजनमा आज पोखरामा भएको विचार गोष्ठीमा उहाँले सामाजिक न्याय, शिक्षा, स्वास्थ्य, रोजगारी, आवास, खाद्य सुरक्षालगायतमा जनताको हक र अधिकार बढाएर संविधानमा समाजवादको आधार तयार गर्ने कुरा गरे पनि संविधानको रक्षा र लोकतन्त्रको रक्षा गर्नुपर्ने चुनौती थपिएको छ भन्नुभयो ।

नेता पुनले पार्टीलाई विधि र पद्धतिका आधार सञ्चालन गर्ने र सबै नेता कार्यकर्तालाई वृत्ति विकासको अवसर प्रदान गरिने बताउनुभयो । उहाँले भन्नुभयो, “राजनीतिक, विचार, सिद्धान्त र पद्धतिका आधारमा पार्टी निर्माण गर्छौँ, प्रचण्ड–माधव नेपाललाई नचिने पनि उहाँहरुले नचिने पनि यस पार्टीमा हरेक पार्टी कार्यकर्ताको भविष्य छ र वृत्ति विकास हुन्छ भन्ने कुराको विधि सुनिश्चित गर्न तयार छौँ, गर्छौँ ।”

अर्का स्थायी कमिटी सदस्य घनश्याम भुसालले नेपाली समाजको समग्र रुपान्तरणमा कम्युनिष्ट पार्टीको अहम् भूमिका रहे पनि पार्टीभित्रको गलत र आत्मकेन्द्रित प्रवृत्तिका विपक्षमा आफूलाई उभ्याउन कार्यकर्तालाई आग्रह गर्नुभयो । संविधानविद् डा चन्द्रकान्त ज्ञवालीले प्रतिनिधिसभा विघटनको सिफारिस संवैधानिक प्रावधान र मान्यताका हिसाबले असंवैधानिक रहेको जिकिर गर्नुभयो ।रासस

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..