काठमाडौंको भेला कास्टिङ मात्र हो, अर्को ठूलो कास्टिङ बुटवल र विराटनगरमा देखाउँदैछौं – प्रम ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार काठमाडौंमा भएको आमसभालाई कास्टिङ मात्र भएको बताएका छन् । शुक्रबार आफू नेतृत्वको नेकपाले नारायणहिटी दरबारको प्रांगणमा आयोजना गरेको आमसभामा बोल्दै उनले आजको भेला कास्टिङ मात्र भएको र फागुन १ गते बुटवलमा अर्को ठूलो कास्टिङ हुने बताए । त्यस्तै उनले ८ गते विराटनगरमा पनि त्यस्तै कास्टिङ हुने बताए ।

‘अर्को कास्टिङ हामी बुटवलमा गर्दैछौं,’ उनले भने, ‘१ गते बुटवल र ८ गते विराटनगरमा अर्को सभा हुनेछ। म हाम्रा आलोचक मित्रहरूलाई मन थामेर बस्न आग्रह गर्दछु।’  आमसभामा उत्साहजनक उपस्थिति देखिएको भन्दै उनले कार्यकर्ता, युवा विद्यार्थी, महिला तथा आम नागरिक सहयोग गर्ने सबै मिडियाकर्मीलाई धन्यवाद व्यक्त गरे ।

पार्टी नेता तथा शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन बागमति प्रदेशका अध्यक्ष आनन्द पोखरेलले गरेका थिए । प्रधानमन्त्री ओलीले आजको सभा इतिहासकै ठूलो भएको पनि दाबी गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

प्रहरीको आन्तरिक शुद्धिकरण मेरो प्राथमिकता : नवनियुक्त आईजीपी कुँवर

प्रहरीको आन्तरिक शुद्धिकरण मेरो प्राथमिकता : नवनियुक्त आईजीपी कुँवर

प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहको त्यो अडान जस्को कारण आज कुँवर आइजिपी बने काठमाडौं । नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवरले प्रहरीको आन्तरिक शुद्धिकरण आफ्नो प्राथमिकता..