मांसाहारी आन्दोलन गर्न खोज्नेलाई जाउलाखेलको ‘जु’ मा बन्द गर्दिने गृहमन्त्री बादलको चेतावनी

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले मांसाहारी आन्दोलन गर्न खोज्नेहरुलाई चिडियाखानाभित्र थुन्ने चेतावनी दिएका छन् । नारायणहिटी राजदरबार अगाडि आयोजित बृहत् सभालाई सम्बोधन गर्दै गृहमन्त्री थापाले मांसाहारी आन्दोलनलाई नेपालको कानुनले बर्जित गरेको हुँदा उनीहरुलाई जाउलाखेलको चिडियाखानामा बन्द गर्ने चेतावनी दिएका हुन् ।

थापाले भने, ‘दुई तिहाई बहुमतको पार्टीलाई छिन्नभिन्न बनाउन चाहने ती गुटवादी फुटवादीहरुलाई म भन्न चाहन्छु, तपाईंहरुको स्थान चिडियाखाना हो ।’

थापाले अहिले फुटवादीहरुले अस्थिरता र प्रतिगमन सुरु गरेको बताउँदै उनीहरु विरुद्ध तेस्रो जनआन्दोलन सुरु भएको घोषणा गरे ।

‘अहिलेको अस्थिरता र प्रतिगमन पार्टी नेतृत्वलाई विस्थापित गर्ने षड्यन्त्रसँग जोडिएको छ । दुई तिहाई बहुमतको नेतृत्व हटाउन खोज्ने षड्यन्त्रसँग जोडिएको छ’, थापाले भने, ‘यो अस्थिरता सम्माननीय राष्ट्रपतिलाई मानमर्दन गर्ने षड्यन्त्रसँग जोडिएको छ । यो परिस्थितिको सामाना गर्नका लागि जनतालाई आन्दोलित गरेर मात्र सम्भव छ ।’

थापाले फुटवादीहरुले नेतृत्वले आत्मसमर्पण गरेन भनेर विस्थापित गर्न षड्यन्त्र गरेको भन्दै उनीहरुको षड्यन्त्र कहिल्यै पुरा नहुने दाबी गरे

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

प्रहरीमा ३० वर्षे सेवाअवधिको असर : एआईजी भएको २ दिनमै आईजिपी

प्रहरीमा ३० वर्षे सेवाअवधिको असर : एआईजी भएको २ दिनमै आईजिपी

गृहमन्त्रीसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई एउटा एआईजीले आइजिपी बन्न र ३० बर्षे रोक्न २५ करोडको अफर गरे पछि सिंहको घर जाने मिति नजिकिएको हो..