मांसाहारी आन्दोलन गर्न खोज्नेलाई जाउलाखेलको ‘जु’ मा बन्द गर्दिने गृहमन्त्री बादलको चेतावनी

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले मांसाहारी आन्दोलन गर्न खोज्नेहरुलाई चिडियाखानाभित्र थुन्ने चेतावनी दिएका छन् । नारायणहिटी राजदरबार अगाडि आयोजित बृहत् सभालाई सम्बोधन गर्दै गृहमन्त्री थापाले मांसाहारी आन्दोलनलाई नेपालको कानुनले बर्जित गरेको हुँदा उनीहरुलाई जाउलाखेलको चिडियाखानामा बन्द गर्ने चेतावनी दिएका हुन् ।

थापाले भने, ‘दुई तिहाई बहुमतको पार्टीलाई छिन्नभिन्न बनाउन चाहने ती गुटवादी फुटवादीहरुलाई म भन्न चाहन्छु, तपाईंहरुको स्थान चिडियाखाना हो ।’

थापाले अहिले फुटवादीहरुले अस्थिरता र प्रतिगमन सुरु गरेको बताउँदै उनीहरु विरुद्ध तेस्रो जनआन्दोलन सुरु भएको घोषणा गरे ।

‘अहिलेको अस्थिरता र प्रतिगमन पार्टी नेतृत्वलाई विस्थापित गर्ने षड्यन्त्रसँग जोडिएको छ । दुई तिहाई बहुमतको नेतृत्व हटाउन खोज्ने षड्यन्त्रसँग जोडिएको छ’, थापाले भने, ‘यो अस्थिरता सम्माननीय राष्ट्रपतिलाई मानमर्दन गर्ने षड्यन्त्रसँग जोडिएको छ । यो परिस्थितिको सामाना गर्नका लागि जनतालाई आन्दोलित गरेर मात्र सम्भव छ ।’

थापाले फुटवादीहरुले नेतृत्वले आत्मसमर्पण गरेन भनेर विस्थापित गर्न षड्यन्त्र गरेको भन्दै उनीहरुको षड्यन्त्र कहिल्यै पुरा नहुने दाबी गरे

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

आईजीपी कार्कीद्धारा नवनियुक्त प्राविधिक इन्स्पेक्टरहरुलाई दर्ज्यानी चिन्ह र नियुक्तिपत्र प्रदान

आईजीपी कार्कीद्धारा नवनियुक्त प्राविधिक इन्स्पेक्टरहरुलाई दर्ज्यानी चिन्ह र नियुक्तिपत्र प्रदान

काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नवनियुक्त प्राविधिक प्रहरी निरीक्षकहरुलाई दर्ज्यानी चिन्ह र नियुक्ति पत्र हस्तान्तरण गरेका छन् ।प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले प्रहरी प्रधान..