प्रम ओलीले जेजे गर्छन्,खुरुखुरु मानेर तामासा हेरेर बस्दैनौँ : नेकपा अध्यक्ष नेपाल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा प्रचण्ड-माधव समूह ) का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले जेजे गर्छन्, खुरुखुरु मानेर तामासा हेरेर नबस्ने बताएका छन् ।

अहिलेको विवाद नेपाल कम्युनिस्ट पार्टी नेकपाको आन्तरिक विवाद मात्र नभएको उनले बताए । शुक्रबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेपालले भने, यो देशको मामिला भयो, लोकतन्त्र र संविधानको मामिला भयो ।’

त्यसको विरोधमा आफूहरु सडक संघर्षमा रहेका बेला ओलीले राज्य संयन्त्रहरु कब्जा गर्ने गरी संवैधानिक निकायहरुमा असंवैधानिक रुपमा नियुक्ति गरेकाले आमहड्तालमा उत्रिनु परेको उनले बताए । बन्दका कारण दैनिक ज्याला मजदुरी गर्ने, बिरामी लगायतलाई बढी असर गरेको भन्दै उनले माफी मागे ।

उनले अघि भने, ‘यसले सन्देश गएको छ, केपी ओलीले जेजे गर्छन्, खुरुखुरु मानेर तमासा हेर्ने बाला छैनौं ।’ रिङरोडमा नेपाली सेनाको बख्तरबन्द गाडी गुडाउँदैमा कोही नतर्सने उनले बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

प्रहरीमा ३० वर्षे सेवाअवधिको असर : एआईजी भएको २ दिनमै आईजिपी

प्रहरीमा ३० वर्षे सेवाअवधिको असर : एआईजी भएको २ दिनमै आईजिपी

गृहमन्त्रीसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई एउटा एआईजीले आइजिपी बन्न र ३० बर्षे रोक्न २५ करोडको अफर गरे पछि सिंहको घर जाने मिति नजिकिएको हो..