ड्युटीमै बेहोस भएका सशस्त्र प्रहरीका इन्सपेक्टरको मृत्यु


वीरगञ्ज । बारामा कार्यरत एक सशस्त्र प्रहरी निरीक्षक (इन्सपेक्टर)को मृत्यु भएको छ । बोर्डर आउट पोष्ट कबहीगोठका इन्चार्ज समेत रहेका सशस्त्रका इन्सपेक्टर नारायण सिंह ऐरको मृत्यु भएको हो ।

सशस्त्र प्रहरी बल प्रदेश नं २ छिन्नमस्ता बाहिनीका प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक ( डीआईजी ) चन्द्रप्रकाश गौतमका अनुसार दार्चुला घर भएका उनी ड्युटीकै क्रममा अचानक बेहोस भएका थिए । बिहानैदेखि ड्युटीमा खटिएका उनी दिउँसो अचानक बेहोस भएपछि उपचारका लागि कलैया अस्पताल लगिएको थियो । कलैया अस्पतालले थप उपचारका लागि उनलाई वीरगञ्जस्थित नारायणी अस्पतालमा रेफर गरेको थियो ।

तर नारायणी अस्पताल आइपुग्दा उनको मृत्यु भइसकेको चिकित्सकहरुले बताएका छन् ।नारायणी अस्पताल आकस्मिक विभागका प्रमुख डाक्टर उदय नारायण सिंहले अस्पतालमा मृत अवस्थामा नै आइपुगेको जानकारी दिए । ‘एक्कासी लड्नुभयो भनेर ल्याइएको थियो, तर अस्पतालमा ल्याइपुर्‍याउँदा उनको मृत्यु भइसकेको थियो,’ डा. सिंहले भने, ‘सडेन डेथ हुनुको पछाडि मुटु सम्बन्धि कुनै समस्या हुनसक्छ ।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

इन्टरपोलको भिडियो प्रतियोगितामा नेपाल प्रहरी सर्वोत्कृष्ट

इन्टरपोलको भिडियो प्रतियोगितामा नेपाल प्रहरी सर्वोत्कृष्ट

काठमाडौं । इन्टरपोलद्वारा आयोजित INTERPOL 100 Global Video Contest for Young Police Leaders प्रतियोगितामा नेपाल सर्वोत्कृष्ट भएको छ । मंसिर १२ देखि अष्ट्रियाको भियनामा आयोजना..