ओली सरकारको बर्बर दमन – गम्भीर घाइते झा र यादवलाई काठमाडौं ल्याइयो,अवस्था झन गम्भीर

जनकपुरधाम । केपी ओली नेतृत्वको सरकारले संविधान बिपरीत गरेको प्रतिनिधिसभा बिघटन र संवैधानिक नियुक्तिका बिरुद्ध नेकपा (प्रचण्ड–माधव) समुहले बिहीबार गरेको आमहड्ताल कार्यक्रममा जनकपुरमा प्रहरीले गोली नै चलाएको छ । प्रहरीले जनकपुरधाममा गरेको दमनका क्रममा नेकपा नेता मातृका यादव र रामचन्द्र झा गम्भीर घाइते भएका छन् ।

जनकपुरमा प्रदर्शनका क्रममा प्रहरीले निर्घात कुटपिट गर्दा रामचन्द्र झाको टाउकोमा चोट लागेको छ । मातृका यादवलगायतका नेतालाई गोली लागेको छ । नेताद्वय यादव र झालाई जनकपुरमा उपचार हुन नसकेपछि काठमाडौंमा रिफर गरिएको छ । नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले यादव र झाको उपचार ट्रमा सेन्टरमा भइरहेको जानकारी दिएका छन् ।

जनकपुरको प्रदर्शनमा प्रहरी दमनका क्रममा शहिदनगर नगरपालिकाका नगर प्रमुख उदय बरबरिया र अर्का जिल्ला नेता प्रदीप साह पनि गम्भीर घाइते भएका छन् । उनीहरुलाई पनि अवस्था गम्भीर भएपछि काठमाडौंमै उपचारका लागि ल्याइएको छ । ओली सरकारको दमनको शिकार भएका नेकपा स्थायी समिति सदस्य रामचन्द्र झाको अवस्था झन् गम्भीर रहेको प्रवक्ता श्रेष्ठले जानकारी दिए । प्रहरीको दमनमा झाको टाउकोमा गम्भीर चोट लागेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

आईजीपी कार्कीद्धारा नवनियुक्त प्राविधिक इन्स्पेक्टरहरुलाई दर्ज्यानी चिन्ह र नियुक्तिपत्र प्रदान

आईजीपी कार्कीद्धारा नवनियुक्त प्राविधिक इन्स्पेक्टरहरुलाई दर्ज्यानी चिन्ह र नियुक्तिपत्र प्रदान

काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नवनियुक्त प्राविधिक प्रहरी निरीक्षकहरुलाई दर्ज्यानी चिन्ह र नियुक्ति पत्र हस्तान्तरण गरेका छन् ।प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले प्रहरी प्रधान..