नेकपा स्थायी कमिटी सदस्य शाक्यसहित नेता-कार्यकर्ता पक्राउ

काठडमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी ( नेकपा प्रचण्ड-माधव समूह ) ले आज आह्वान गरेकाे आमहड्तालका क्रममा बिहानैदेखि त्यस समूहका नेता कार्यकर्तामाथि धरपकड भएकाे छ । नेकपा स्थायी कमिटी सदस्य रहेकी अष्टलक्ष्मी शाक्य लगायत केही नेता-कार्यकर्ता कलंकीबाट पक्राउ परेका छन् ।

नेकपा प्रचण्ड-माधव समूहका केन्द्रीय सदस्य विष्णु रिजालले शाक्यसहितका नेतामाथि प्रहरिले एकाबिहानै धरपकड गरेकाे जानकारी दिए । सडकमा बाक्लाे संख्यामा प्रहरी र सशस्त्र प्रहरी तैनाथ छन् । साे क्रममा कलंकलीबाट मात्रै एक दर्जन बढी नेता-कार्यकर्ता पक्राउ परेकाे बताइएकाे छ ।

यससँगै काठमाडौं उपत्यकाका सामाखुसी, चक्रपथ, बानेश्वरलगायत विभिन्न स्थानमा बन्द-हड्ताल गराउँदै हिँडेका त्यस समूहका नेता कार्यकर्तालाइ प्रहरीले नियन्त्रणमा लिइरहेकाे छ । बन्दका क्रममा हुने अवाञ्छित गतिविधि नियन्त्रण गर्न साबिकको भन्दा प्रहरी जनशक्ति बढाइएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ । कार्यालयका अनुसार साबिकको भन्दा पैदल, मोबाइल, पिकेट गस्ती बढाइएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

लहान । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनमाथिको जिम्मेवारी पनि थपिँदै गएको बताएका छन्। आईजीपी कार्कीले ‘दुइटै पीरलाई एउटै झिरले..