नेकपा स्थायी कमिटी सदस्य शाक्यसहित नेता-कार्यकर्ता पक्राउ

काठडमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी ( नेकपा प्रचण्ड-माधव समूह ) ले आज आह्वान गरेकाे आमहड्तालका क्रममा बिहानैदेखि त्यस समूहका नेता कार्यकर्तामाथि धरपकड भएकाे छ । नेकपा स्थायी कमिटी सदस्य रहेकी अष्टलक्ष्मी शाक्य लगायत केही नेता-कार्यकर्ता कलंकीबाट पक्राउ परेका छन् ।

नेकपा प्रचण्ड-माधव समूहका केन्द्रीय सदस्य विष्णु रिजालले शाक्यसहितका नेतामाथि प्रहरिले एकाबिहानै धरपकड गरेकाे जानकारी दिए । सडकमा बाक्लाे संख्यामा प्रहरी र सशस्त्र प्रहरी तैनाथ छन् । साे क्रममा कलंकलीबाट मात्रै एक दर्जन बढी नेता-कार्यकर्ता पक्राउ परेकाे बताइएकाे छ ।

यससँगै काठमाडौं उपत्यकाका सामाखुसी, चक्रपथ, बानेश्वरलगायत विभिन्न स्थानमा बन्द-हड्ताल गराउँदै हिँडेका त्यस समूहका नेता कार्यकर्तालाइ प्रहरीले नियन्त्रणमा लिइरहेकाे छ । बन्दका क्रममा हुने अवाञ्छित गतिविधि नियन्त्रण गर्न साबिकको भन्दा प्रहरी जनशक्ति बढाइएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ । कार्यालयका अनुसार साबिकको भन्दा पैदल, मोबाइल, पिकेट गस्ती बढाइएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ताबाट गत साउन महिनामा विभिन्न व्यक्ति तथा संस्थालाई सूचना प्रवाह

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ताबाट गत साउन महिनामा विभिन्न व्यक्ति तथा संस्थालाई सूचना प्रवाह

काठमाडौं । नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक कुवेर कडायतले गत साउन महिनामा व्यक्ति र संस्था गरी जम्मा ९९ जनालाई नेपाल प्रहरीसँग सम्बन्धित..