भ्रष्टाचार नियन्त्रण र सुशासन स्थापना गर्छु – नवनियुक्त अख्तियार प्रमुख प्रेमकुमार राई


काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगका नवनियुक्त प्रमुख आयुक्त प्रेमकुमार राईले अख्तियारको साखलाई अझ उचाइमा पुर्‍याउन निर्देशन दिएका छन्। बुधबार पदभार ग्रहण गर्दै प्रमुख आयुक्त राईले मुलुक र जनताप्रति इमानदारिता तथा निष्ठापूर्वक कार्यसम्पादन गर्ने बताए। विगतमा आयोग तथा सार्वजनिक प्रशासनअन्तर्गत विभिन्न निकायहरूमा कार्य गर्दाको अनुभवबाट नेपालमा भ्रष्टाचार नियन्त्रण र सुशासन स्थापना गर्न जिम्मेवारीपूर्ण भूमिका निर्वाह गर्न सक्ने उनले बताए। ‘आम नेपाली जनता र नागरिक समाजको आयोगप्रतिको आकांक्षा, विश्वास र भरोसा उच्च रहेकोले आगामी दिनमा उक्त चाहना एवम् भावनाबमोजिम काम गर्ने चुनौती आयोगमा छ,’ उनले भने।

आगामी दिनमा आयोगमा कार्यरत जनशक्तिको क्षमता विकास, उत्प्रेरणा अभिवृद्धि गर्ने र आयोगलाई नयाँ उचाइमा पुर्‍याउने विषयमा आफू सधैं क्रियाशील रहने उनले प्रतिवद्धता व्यक्त गरे। राष्ट्रपति निवासमा सपथ ग्रहणपछि अख्तियार पुगेका राईले पद सम्हालेका थिए।

राईलाई संवैधानिक परिषदले अख्तियारको प्रमुख आयुक्तमा सिफारिस गरेको थियो। राईलाई अख्तियारका अधिकारीहरूले एक कार्यक्रमबीच स्वागत गरेका थिए। स्वागतसँगै पदभार ग्रहण गरेका राईले भ्रष्टाचार नियन्त्रणका लागि आफ्नो भरपुर प्रयास रहने बताए।नवीन घिमिरेको कार्यकाल सकिएपछि अख्तियार प्रमुखविहीन थियो।

राई निजामती सेवामा सचिव पदबाट रिटायर्ड भएका थिए। उनी गृहसचिव हुँदा एक वर्षअघि रिटायर्ड भएका थिए। उनी निजामती सेवामा निष्ठा र इमानदारिताको छवि बनाएका व्यक्ति हुन्।

राईसँगै आयुक्त नियुक्त भएका जयबहादुर चन्द र किशोरकुमार सिलवालले पनि पदभार सम्हालेका छन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

आईजीपी कार्कीद्धारा नवनियुक्त प्राविधिक इन्स्पेक्टरहरुलाई दर्ज्यानी चिन्ह र नियुक्तिपत्र प्रदान

आईजीपी कार्कीद्धारा नवनियुक्त प्राविधिक इन्स्पेक्टरहरुलाई दर्ज्यानी चिन्ह र नियुक्तिपत्र प्रदान

काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नवनियुक्त प्राविधिक प्रहरी निरीक्षकहरुलाई दर्ज्यानी चिन्ह र नियुक्ति पत्र हस्तान्तरण गरेका छन् ।प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले प्रहरी प्रधान..