प्रधानमन्त्री ओलीको खास मान्छे अख्तियार प्रमुख बनेपछि खैलाबैला, सामूहिक राजीनामाको तयारी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका खास मान्छे पूर्व गृहसचिव प्रेमकुमार राई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त नियुक्त भएपछि खैलाबैला मच्चिएको छ ।

राई प्रमुख बनेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कार्यबाहक प्रमुख आयुक्त गणेशराज जोशी र आयुक्त सावित्री थापा गुरुङले सामूहिक राजीनामा दिने तयारी गरेका स्रोतले जनाएको छ ।

जोशी र थापा आयुक्त हुँदा मातहत सचिवको हैसियतमा काम गरेका व्यक्ति नै प्रमुख आयुक्त भएपछि दुवै जनाले राजीनामा दिने तयारी गरेका हुन् ।

प्रमुख आयुक्त नियुक्त भएपछि राईले राष्ट्रपति कार्यालयमा शपथ लिइसकेका छन् । 

अख्तियारको प्रमुख आयुक्तमा सिफारिस भएका प्रेमकुमार राई २०७१ साउन ९ देखि फागुन २७ गतेसम्म आयोगका सचिव रहेका थिए । त्यतिबेला जोशी र गुरुङ दुबै जना अख्तियारमा आयुक्त रहेका थिए ।

२०७१ चैत १९ गते अख्तियारको आयुक्तमा नियुक्त भएका दुबै जना ६ वर्षे पदावधिका कारण आगामी चैत १९ गते अवकाश पाउँदै छन् । ‘सभामुखले रोकेका कारण नयाँ पदाधिकारीको तत्काल नियुक्ति हुँदैन भन्ने उहाँहरुको अड्कल थियो । मंगलवार पनि उहाँहरु वार्षिकोत्सवको तयारीमा जुटिरहनुभएको थियो,’ अख्तियार स्रोतले भन्यो, ‘आज अचानक नियुक्तिको समाचार आएपछि नयाँ मनस्थिति बनाउनुभएको हो ।’

संविधानमा संवैधानिक निकायका पदाधिकारीले राजीनामा बुझाउनासाथ स्वीकृत हुने र पद रिक्त हुने व्यवस्था रहेको छ । आयुक्तहरूले राष्ट्रपति विद्यादेवी भण्डारीलाई राजीनामा बुझाउने छन् ।

सभामुख अग्नि सापकोटाले संसदीय सुनुवाइ समिति नभएको भन्दै सिफारिस गरिएका नामहरू फिर्ता पठाएपछि पनि राष्ट्रपति भण्डारीले नियुक्त गरेकी छन् । प्रधानमन्त्री ओली नेतृत्वको संवैधानिक परिषद् बैठकले विभिन्न संवैधानिक आयोगमा नियुक्तिका लागि सिफारिस गरेको थियो ।

कहाँ कसको नियुक्ति ?

अख्तियार दुरुपयोग अनुसन्धान आयोग
प्रमुख आयुक्तः प्रेमकुमार राई
आयुक्तः जयबहादुर चन्द
आयुक्तः किशोर सिलवाल

मानवअधिकार आयोग
अध्यक्षः तपबहादुर मगर
सदस्यहरू
मनोज दुवाडी
डा. सूर्य ढुंगेल
लिली थापा
मिहि ठाकुर

निर्वाचन आयोग
आयुक्तहरू
रामप्रसाद भण्डारी
डा. जानकी तुलाधर

वित्त आयोग
जुद्ध गुरुङ
अमरराज मिश्र

महिला आयोग
अध्यक्षः कमलाकुमारी पराजुली
कृष्णकुमारी पौडेल खतिवडा
विद्याकुमारी सिन्हा

दलित आयोग
अध्यक्षः देवराज विक
सदस्यहरू
मीना सोब
परशुराम रम्तेल
कुञ्ज बराइली
मेहेले पार्की

समावेशी आयोग
अध्यक्षः मनप्रसाद खत्री
सदस्यहरू
रामचन्द्र जोशी
हरिभक्त जोशी
जितेन्द्र पासवान

आदिवासी आयोग
अध्यक्षः रामबहादुर थापा
सदस्यहरू
मीन श्रीस मगर
मिनसिंह लामा
रिना राना
चरण राई

मधेसी आयोग
सदस्यहरू
जिवच्छ साह
रेणुदेवी साह
विजय गुप्ता

थारू आयोग
सदस्यहरू
विकास चौधरी
बबिता चौधरी
सुबोधसिंह थारू
भोलाराम चौधरी

मुस्लिम आयोग
महमुद्दिम अली
मिर्जा अर्सद बेग

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

राजनीतिक नेतृत्वहरु कुरा गर्दाचाहिँ प्रहरीलाई बलियो बनाउनुपर्छ भन्नुहुन्छ,तर व्यबहारमा त्यो देखिन्न – सिंह

राजनीतिक नेतृत्वहरु कुरा गर्दाचाहिँ प्रहरीलाई बलियो बनाउनुपर्छ भन्नुहुन्छ,तर व्यबहारमा त्यो देखिन्न – सिंह

काठमाडौं । राजनीतिक नेतृत्वहरू कुरा गर्दाचाहिँ प्रहरीलाई बलियो बनाउनुपर्छ भन्नुहुन्छ । ऐन–कानुन संशोधन गरेर बलियो नीति बनाउनुपर्छ भन्नुहुन्छ, तर व्यवहारमा त्यो देखिन्न  निवर्तमान प्रहरी महानिरीक्षक..