प्रधानमन्त्री ओलीले विप्लव नेता हेमन्त प्रकाश भेट्न मन्त्री पठाएपछि प्रचण्ड–नेपाल समुहका नेताको यस्तो टिप्पणी

काठमाडौं । कामचलाउ सरकारका खानेपानीमन्त्री मणि थापाले नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाका नेता हेमन्त प्रकाश वली ‘सुदर्शन’लाई भेटेको विषयमा पुष्पकमल दाहाल प्रचण्ड–माधव नेपाल पक्षका केन्द्रीय सदस्य युवराज चौलागाईंले तीखो टिप्पणी गरेका छन्।

प्रवास कमिटीका अध्यक्ष समेत रहेका चौलागाईंले आज मध्याह्न सामाजिक सञ्जाल फेसबुकमा प्रधानमन्त्री केपी शर्मा ओलीले महेन्द्रको जस्तै शैली अपनाएको टिप्पणी गरेका हुन्।

उनले तत्कालीन राजा महेन्द्रले जस्तै ओलीले आफैँ थुन्ने र फेरि आफैँले सहानुभूति दिएझैँ गरेको भन्दै नाटक गरेको बताएका छन्। ‘नेकपा (विप्लव समूह) विरुद्ध प्रतिबन्धको घोषणा ओली सरकारको दक्षिणपन्थी अतिवादी कदम थियो’, चौलागाईं लेख्छन्, ‘एकातिर देशमा भर्खरै नयॉ संविधान जारी भई नयॉ र प्रगतिशील राजनैतिक व्यवस्था लागू भएको अवस्था र अर्कोतिर बीआरआई र आईपीएसको प्रतिस्पर्धा चलिरहेको सन्दर्भमा ओली सरकारको कदमले मुलुकलाई किमार्थ फाइदा गर्दैन भनेर मैले पार्टीभित्र, सरकारलाई र सार्वजनिक रुपमा समेत छलफल चलाएको थिएँ।’ 

त्यो काम संविधानको ‘स्पिरिट’ र देशको आवश्यकताबाहिरको रहेको त्यतिबेलै आफूले भनेको चौलागाईंको दाबी छ।

‘तैपनि केपी ओली र राम बहादुर थापाको गलत दृष्टिकोणका कारण विप्लवको दलमाथि प्रतिबन्ध मात्र लगाइएन, आस्थाको आधारमा सयौँ गिरफ्तारीले मात्र नपुगेर झूठो मूठभेडमा कुमार पौडेललगायत राजनैतिक व्यक्तिहरुको गैरन्यायिक हत्या समेत गरियो’, उनी अगाडि लेख्छन्, ‘अहिले केपी ओली कुन नैतिकताले विप्लवप्रति नरम भएको नाटक गर्दै छन्?’ मन्त्री थापाको कदमप्रति संकेत गर्दै उनले मन्त्रीहरु जेल चहारेर अन्यायपूर्वक थुनिएका राजनैतिक नेताहरुसँग संवादको नाटक गरिरहेको बताएका छन्।

उनले भनेका छन्, ‘यो त राजा महेन्द्रले गरेको जस्तो आफैँ थुन्ने, आफैँ सहानुभूति दिने नाटक भएन र?खानेपानी मन्त्री थापाले मंगलबार बिहान ललितपुरको नख्खु कारागार गएर विप्लवका नेता हेमन्तप्रकाश वलीलाई भेटेका थिए। एनसेलको कार्यालयमा बम विष्फोट गराएको आरोपमा वली पक्राउ परेका थिए। सोही अभियोगमा उनी नख्खु कारागारमा छन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

राष्ट्र र नागरिकलाई शीरमा राखि असल आचरणका साथ काम गर्न डिआईजी चतुर्वेदीको निर्देशन

राष्ट्र र नागरिकलाई शीरमा राखि असल आचरणका साथ काम गर्न डिआईजी चतुर्वेदीको निर्देशन

लहान । मधेस प्रदेश प्रहरी प्रमुख तथा प्रहरी नायव महानिरीक्षक (डिआईजी) उमाप्रसाद चतुर्वेदीले राष्ट्र र नागरिकलाई सर्वोपरि राखी उच्च व्यावसायिक निष्ठाका साथ कर्तव्य निर्वाह गर्न..