सिरहामा संसद विघटनविरुद्ध नेपाली काँग्रेसको विरोध प्रदर्शन

सिरहा । संसद विघटन बिरुद्ध नेपाली काँग्रेस सिरहाले सोमबार सिरहाको गोलबजारमा बिरोध प्रदर्शन गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले असंबैधानिक कदम चालेको भन्दै काँग्रेससहित सो पार्टीका भातृ संघसंगठनको संयुक्त अगुवाइमा प्रदर्शन गरिएको हो ।

गोलबजार चैकबाट निस्केको जुलुसमा सहभागिा नेता कार्यकर्ताले असंबैधानिक कदम खारेज गर, सर्वसत्तावादी कदम मुर्दावाद, संसद विघटन धोका हो लगायतका नाराका साथै प्रधानमन्त्री र राष्ट्रपति विरुद्ध चर्को नाराबाजी गरेका थिए ।

प्रदर्शनपछि आयोजित सभालाई काँग्रेस सिरहाका सभापति रामचन्द्र यादव, सुनिल महतो , सरोज यादव, सुरेन्द्र यादव लगायतले सम्बोधन गर्दै आन्दोलनबाटै गलत कदम सच्याउन प्रधानमन्त्रीलाई बाध्य पार्ने चेतावनी दिए । प्रदर्शनमा महिलाहरुको पनि उल्लेख्य सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

आईजीपी कार्कीद्धारा नवनियुक्त प्राविधिक इन्स्पेक्टरहरुलाई दर्ज्यानी चिन्ह र नियुक्तिपत्र प्रदान

आईजीपी कार्कीद्धारा नवनियुक्त प्राविधिक इन्स्पेक्टरहरुलाई दर्ज्यानी चिन्ह र नियुक्तिपत्र प्रदान

काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नवनियुक्त प्राविधिक प्रहरी निरीक्षकहरुलाई दर्ज्यानी चिन्ह र नियुक्ति पत्र हस्तान्तरण गरेका छन् ।प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले प्रहरी प्रधान..